जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

बजारवाद वित्तिय पुँजीवादको हिजडा विचार हो

0 comments

हिरामणि दुःखी 
उपाध्यक्ष 
प्रलेस केन्द्रीय समिति  



प्रगतिशील लेखक सङ्घ र यसको इतिहासबारे सङ्क्षेपमा बताइदिनुहोस् न ?
प्रगतिशील लेखक सङ्घ नेपालका सम्पूर्ण वामपन्थी (कम्युनिस्ट) पार्टी सम्वद्ध लेखक साहित्यकारहरूको साझा सङ्गठन हो । यसको स्थापना २००९ सालमा विराटनगरमा भएको हो । यसका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मा हुन् ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि त्यसको प्रभाव साहित्य, कला, सङ्गीत र समग्र संस्कृतिमा पर्नु स्वाभाविक थियो र अनिवार्य पनि थियो । जनतामा राजनीतिले भन्दा साहित्य, कला, सङ्गीतले छिटो प्रभाव पार्छ । राजनीतिले भन्दा साहित्यले मानिसको मन छिटो हुन्छ । किनकि राजनीति रुखो हुन्छ भने साहित्य कोमल, नरम र हराभरायुक्त हुन्छ । यसले हरेक मान्छेको भावना र सम्वेदनामा प्रभाव पार्छ । यो भावनासँग अन्तरघुलित भएर आउँछ । त्यसैले मानिसको हृदय पग्लिएर आउँछ । तसर्थ राजनीतिलाई अघि बढाउन साहित्य, कला र गीतसङ्गीतको अनिवार्य आवश्यकता हुन्छ । यो बकेर्नो भैंसी दुहुन बस्दा उसको अगाडि कुँडो, हरियो मिठो घाँस हालेजस्तै हो । साहित्यलाई अघि लगाएर राजनीति गर्नु भनेको डोजरले अगाडि करिडोर निर्माण गर्ने र रोलरले पछाडिबाट पीच गर्दै जानुजस्तै हो । त्यसैकारण कम्युनिस्ट पार्टीको स्थापना भएपछि साहित्यिक संस्थाको आवश्यकता खट्कियो र प्रलेसको जन्म भयो ।
प्रलेस भनेको प्रगतिशील लेखक सङ्घ हो । समाजको अग्रगमनकारी सोंच, चिन्तन, विचार भावना र सम्वेदना बोक्ने साहित्य नै प्रगतिशील साहित्य हुन्छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक (हाल नवऔपनिवेशिक) मुलुक भएकाले सामान्तवाद, साम्राज्यवाद एवम् क्षेत्रीय प्रभुत्ववादी भारतीय विस्तारवादी हस्तक्षेप, उत्पीडन, शोषण र दोहनको विरोध गर्नु र जनतालाई अग्रगामी राजनीतिमा लाग्न उत्पे्ररित गर्नु, आन्दोलित गर्नु र कम्युनिस्ट राजनीतिक सङ्गठनहरूलाई उर्जा प्रदान गर्न स्वस्थ रचनात्मक आलोचना गर्नु प्रलेसको प्रमुख कार्यभार हो, भूमिका हो । यसै उद्देश्यले प्रलेस गठन भएको हो । यो अहिलेसम्म त्यही कार्यमा प्रतिवद्ध छ र क्रियाशील पनि छ ।

प्रगतिशील र प्रगतिवाद बीच के फरक छ ?
प्रगतिशील र प्रगतिवाद जस्ता शब्द, पदावली माक्र्सवादी साहित्य क्षेत्रमा बढी प्रयोग हुँदै आएका छन् । यसैले झट्ट सुन्दा वा बुझ्दा यी दुवै पदावली एउटै अर्थबोध गर्ने पदावली जस्ता मानिन्छन् । यी दुवै पदावली वा शब्द समाजको अग्रगमनकारी साहित्य सिर्जना गर्ने विचार बोकेका पदावली हुन् । समष्टिमा यी दुई पदावली बिच अन्तर नदेखिए पनि व्यष्टिमा निकै ठुलो भिन्नता छ । फरक छ । किनकि प्रगतिशीललाई सामान्यार्थमा लिइन्छ भने प्रगतिवादलाई विशिष्ट अर्थमा प्रयोग गरिन्छ । छोटोमा यसलाई यसरी बुझ्न सकिन्छ । यी दुई शब्द वा पदावलीको प्रयोग कसरी हुँदै आयो भन्ने बारेमा सङ्क्षेपमा हेरौं ।
प्रगतिशील शब्दले हरेक समयमा त्यस कालखण्डमा अभिव्यक्त यथास्थितिवादी सोंच, चिन्तन, विचार, व्यवहार र कार्यको आलोचना गर्नु र नयाँको समर्थन गर्नुलाई जनाउँछ । राज्यसत्ताको रूपमा हेर्दा दासयुगिन समाज व्यवस्था भन्दा सामन्तवाद प्रगतिशील थियो । त्यसैगरी सामन्तवादलाई विस्थापन गरेर आएको पुँजीवाद प्रगतिशील थियो भने पुँजीवादका विरुद्ध विकास भएको समाजवादी व्यवस्था प्रगतिशील हो । यसरी हेर्दा प्रगतिशील शब्दले यथास्थितिको विरोध गर्नु, आलोचना गर्नु र नयाँको समर्थन गर्नु भन्ने बुझिन्छ । यो कुरा साहित्य, कला, संस्कृतिका क्षेत्रमा पनि लागू हुन्छ । आफ्नो समकालमा खडा भएको राज्यव्यवस्थाले निर्माण गरेर विकृति र विसङ्गतिपूर्ण साहित्य, कला, सङ्गीत र संस्कृतिको विरोधमा निर्माण हुने गतिशील साहित्य, कला र संस्कृति प्रगतिशील हुन्छ यसर्थ आफू उभिएको समाजका विकृति, विसङगति, अन्याय, शोषण उत्पीडन, दमन, थिचोमिचो, जातीय, क्षेत्रीय, धार्मिक, सांस्कृतिक र लैङ्गिक विभेद आदिको विरोध गर्नु प्रगतिशीलता हो ।
प्रगतिवाद भनेको प्रगतिशील भन्दा अझ माथि उठेको विचारधारा हो । यो पदावली माक्र्सवादसँग जोडिएको छ । अर्थात् प्रगतिवाद भन्नु माक्र्सवाद हो । यो माक्र्सवादको द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी विचार, दर्शन र राजनीतिलाई कला, साहित्य, सङ्गीत जस्ता समग्र सांस्कृतिक विषयका क्षेत्रमा लागू हुन्छ । माक्र्सवादी राजनीति राज्यसत्ताका रूपमा सर्वहारा वर्गको अधिनायकत्वमा आधारित भएर जनवाद, समाजवादका रूपमा प्रकट हुन्छ भने माक्र्सवादको सांस्कृतिक विचार साहित्य, कला, सङ्गीतका रूपमा अभिव्यक्त हुन्छ । त्यसलाई संश्लेषित रूपमा प्रगतिवाद भनिन्छ । प्रगतिवाद पदावलीले माक्र्सवादी सौन्दर्यशास्त्रलाई मुख्य आधार बनाएर साहित्य सिर्जना गर्ने कुराको प्रतिनिधित्व गर्छ । यसले साहित्य, कला, सङ्गीत आदि समग्र सांस्कृतिक पक्षले वर्गीय पक्षधरता लिन्छ भन्ने कुरामा विश्वास गर्छ । यसरी सङ्क्षेपमा भन्नुपर्दा प्रगतिवाद भनेको जीवन र जगतलाई हेर्ने माक्र्सवाद विश्व दृष्टिकोण हो, जसले हरेक कुरा वर्गपक्षधरतामा आधारित हुने भएकाले साहित्य, कला पनि उत्पीडित वर्ग र उत्पीडक वर्गका आआफ्नै हुन्छन् भन्ने मान्यतालाई अंगीकार गर्दछ ।
यसरी हेर्दा प्रगतिशील र प्रगतिवाद भिन्न अर्थबोध गर्ने पदावली हुन् । हरेक प्रगतिशील साहित्य प्रगतिवादी नहुन सक्छ तर हरेक प्रगतिवादी साहित्य कला र संस्कृति प्रगतिशील अनिवार्य रूपमा हुन्छ । मोटामोटी रूपमा यी दुई पदावली बिचको अन्तर यही हो ।

कम्युनिष्टहरूको व्यापक फुटका बीच पनि साझा मोर्चाको रूपमा प्रलेस एकढिक्का भएर क्रियाशील छ । बाम बहस चलिरहँदा त्यसका लागि यहाँहरूको पहल के भइरहेको छ ?
यहाँले निकै महत्वको प्रश्न उठाउनु भयो । जुन सहज भावमा यो प्रश्न सोधियो त्यस अर्थमा यसको उत्तर दिनु निकै अप्ठ्यारो छ । किनकि साहित्यिक संस्थाका रूपमा प्रलेस जे जसरी साझा मोर्चाका रूपमा नेपालका अधिकांश बाम घटकहरूको एउटै संस्था छ त्यत्तिकै अर्को यथार्थ पनि के हो भने हरेक बाम घटकका आआफ्नै पार्टीगत साहित्यिक संस्थाहरू पनि छन् । त्यसैले हामीले प्रलेसमा गर्ने बहस एउटै बुझाई, दृष्टिकोण, विचार र राजनीतिमा अभिव्यक्त हुन सक्दैन । यो तितो यथार्थ हो । यसो हुनुको कारण लेखकीय स्वतन्त्रता र प्रतिवद्धता बारेको माक्र्सवादी मान्यता, बुझाई र त्यसप्रतिको आआफ्नै राजनीतिक संलग्नता हुनु हो । प्रलेसमा सङ्गठित भएका हामी सबै सदस्यहरू केन्द्रीय पदाधिकारीदेखि स्थानीय कमिटी सदस्यसम्म र सबै साधारण सदस्यसम्म हरेक व्यक्ति आआफ्नै राजनीतिक सङ्गठनहरूमा आवद्ध छौं, प्रतिवद्ध छौं र समर्थक छौं । जुन रूपमा भएपनि कुनै न कुनै घटकीय विचारका पक्षधर छौं । त्यसैले प्रलेस जस्तै साझा बाम पार्टी अर्थात् एउटै कम्युनिस्ट पार्टी निर्माणमा प्रलेसमा गरिने बहसले खासै प्रभाव पार्न सकेको छैन । पहिलो कुरा यो भयो । अब दोस्रो कुरा राजनीतिक सङ्गठकहरू सत्ताका नजिक हुन्छन् भने साहित्यिक सङ्गठक सत्ता भन्दा अलिक टाढा हुन्छन् । यसर्थ तुलनात्मक रूपमा साहित्यिक क्षेत्रमा लागेका व्यक्तिहरू नीजि स्वार्थमा खासै ध्यान दिन्नन् तर राजनीतिक सङ्गठनमा लाग्नेहरू नीजि स्वार्थ पे्ररित बढी हुन्छन् । त्यसैले पनि नेपालका वामपन्थी पार्टीहरू धेरै समूहमा विभाजन भएपनि प्रलेस एउटै साझा संस्थाका रूपमा रहन सकेको हो ।
जहाँसम्म हाम्रो अर्थात् प्रलेसको भूमिकाको कुरा छ हामीले सानोतिनो रूपमा भएपनि वाम एकताका विषयमा छलफल चलाउने त गरिन्छ त्यसभन्दा बढी हामीले खेल्ने भूमिका भनेको लेखकीय क्षेत्रबाट हो । हामीले सबै वामपार्टीहरूका गलत कुरा औंल्याउने र जनतालाई नै बढी भन्दा बढी परिवर्नका पक्षमा एकजुट हुन आफ्ना वर्गबैरीहरू चिन्न र उत्पीडनको प्रकृति बुझ्न पे्ररित गर्ने साहित्य सिर्जना गर्ने हो । त्यस दिशामा प्रलेस निरन्तर साधनारत, सङ्घर्षरत र क्रियाशील छ ।

पश्चिमा संस्कृतिले जकडिरहेको हाम्रो जस्तो मुलुकमा खाली विचारलाई मात्र बोकेर हिँड्दा प्रलेसको क्रियाकलाप प्रभावकारी तथा स्थापित हुन नसकेको हो ?
हाम्रो देश अर्थसामन्ती तथा नवऔपनिवेशिक अवस्थाको मुलुक हो । यस्तो मुलुकको राजनीति, अर्थनीति, संस्कृति आदि सबै क्षेत्रमा वैदेशिक हस्तक्षेप तिव्र हुन्छ । मुखर हुन्छ । तपाईले सोध्नुभए जस्तै नेपालमा पश्चिमा संस्कृति प्रभावी बन्दै गएको कुरा साँचो हो । पश्चिमा संस्कृतिसँगै पश्चिमा विचार पनि भित्रिएको छ । त्यो विचार र संस्कृतिले आज आम नेपालीहरूलाई उपभोक्तावादी बनाउँदै लग्न थालेको छ । सामन्तवादले थोपरेको दास मानसिकता भन्दा अझ बढ्ता दासत्वभाव पैदा गराएको छ  स्वाधीन चेतनामा पराधीन चेतना थोपरेको छ । शाषक वर्ग त पुरैका पुरै लम्पसार परेर दलाली गरिरहेका छन् । त्यसमा उनीहरू लाजै नमानेर अझ गर्व पो गर्दछन् । यस्तो छ हाम्रो देशको अवस्था । यस्तो उपभोक्तावादी, उत्तरआधुनिकतावादी सोच, चिन्तन, विचारको प्रभाव विस्तार भइरहेको हाम्रो देशमा प्रगतिवादी विचारधारका साहित्य अझ बढी आवश्यक छ । व्यापक रूपमा प्रगतिशील साहित्यको विकास र विस्तार गरिनु पर्छ ।
पुँजीवादी विचारले थोपरेको उपभोक्तावादी साहित्य कलाको तुलनामा प्रलेसका गतिविधि कम भएको त अवश्य हो, तर हामीले विचारलाई प्रधानता दिएकाले प्रभावी हुन नसकेको स्थापित हुन नसकेको भन्ने कुरा तथ्यसङ्गत र सत्य नजिक छैन । प्रगतिवादी विचारधाराका साहित्यमा विचार मात्र हुन्छ पुँजीवादी बाजारु साहित्यमा विचार हुँदैन भन्नु सही होइन । कलाका हिसाबले बाजारु साहित्य अलि बढी राम्रा होलान् तर ती विचार बिनाका हुन्छन् भन्नु तथ्यसङ्गत कुरा होइन । कलाका नाममा उनीहरूले झन् बढी खतरनाक र मरणशील विचार पश्किरहेका हुन्छन् । छन् ।
यसकारण सङ्क्षेपमा के भन्न सकिन्छ भने प्रगतिशील वा प्रगतिवादी साहित्य जीवनबोधी हुने भएकाले गतिशील समयले निर्माण गरेको जनताको चेतनालाई झङ्कृत पार्ने साहित्य लेखन आजको आवश्यकता हो । त्यसतर्फ प्रलेसको ध्यान जानु पर्छ । यसका साथै प्रलेसले छरिएर रहेका फुटकर साहित्य र साहित्यकारहरू जो प्रगतिशील÷प्रगतिवादी छन् लाई प्रलेसको केन्द्रीय भावधारामा समेट्न जरुरी छ । र, हामीले हाम्रा साहित्यलाई अझ बढी पठनीय, मननीय बनाउनका लागि हाम्रा रचनामा परिष्कार गर्न जरुरी छ । त्यसका लागि हामीले रचना सिर्जनाका सन्दर्भमा देशव्यापी स्कुलिङ चलाउन जरुरी भएको छ । त्यसो ग¥यौं भने हाम्रो प्रभाव व्यापक हुन्छ ।

यहाँहरूले बेलाबखतमा साहित्यको बजारीकरण भइराखेको कुरा गर्नुहुन्छ, यो भनेको के हो यसको नियन्त्रणका लागि यहाँहरूको ठोस कदम के छ ?
हो, हामीले साहित्यको बजारीकरण भइराखेको कुरा गरेका छौं । साहित्यको बजारीकरण भएकै छ । बजारीकरण भनेको पुँजीपति वर्गले आफ्ना कारखानाबाट उत्पादित माललाई बिकाउनका लागि साहित्यलाई विज्ञापनका रूपमा लिनु हो । जब जब बहुराष्ट्रिय कम्पनीहरू प्रभावी बन्दै आए तबदेखि बहुराष्ट्रिय कम्पनीहरूले साहित्य, कला, गीत सङ्गीत, संस्कृति, दर्शन, विज्ञान आदि विषयहरूलाई विकाउ मालका रूपमा प्रयोग गर्दै आए ।
बजारवाद वित्तिय पुँजीवादको हिजडा विचारधारा हो । जब बजारवादले नवउदारवादी नीति अघि सा¥यो तब उसले साहित्यलाई कथित लोकपृयता (पपुलर)को जामा पहि¥यायो । यसरी लोकपृय कला भनेर बजारीकरण गरियो । त्यसका निम्ति साहित्य, कला र संस्कृतिमा प्रयुक्त हुने वर्गीय विचारधाराको निषेध गरेर कलाका नाममा यौनवादी विचार पस्क्यो । र, त्यस्ता साहित्य कलालाई आफ्ना कारखाना उत्पादित वस्तुको विज्ञापनका रूपमा प्रयोग गरे । गर्दै आएका छन् । माक्र्सवादले साहित्यको विशिष्ट मूल्य हुने कुरालाई स्वीकार गर्छ । यस्तो विशिष्ट मूल्यलाई बजारीकरण गर्दा साहित्यको विशिष्ट मूल्य गौण हुन्छ र उपभोक्तावाद प्रभावी भएर आउँछ । जब उपभोक्तावाद केन्द्रभागमा आउँछ तब साहित्यलाई कर्पोरेट हाउसमा लगेर जोडिदिन्छ ।
आज हाम्रो जस्तो तेस्रो विश्वका मुलुकहरूमा वित्तीय पुँजीवादले बहुराष्ट्रिय कम्पनी मार्फत् नवऔपनिवेशीकरण गर्दै आएका छन् । त्यही औपनिवेशीकरणका रूपमा साहित्यलाई पनि बजारीकरण गर्ने होड चलाइएको छ । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई नष्ट गर्नु बजारीकरणको प्रमुख उद्देश्य हो । बहुराष्ट्रिय कम्पनीहरूको मुख्य उद्देश्य नाफा कमाउनु हो । त्यसका निम्ति बजारको आवश्यकता पर्छ र बजार विस्तार गर्न त्यो देशको राजनीति आफ्नो अनुकूल हुन जरुरी हुन्छ । त्यसका लागि मान्छेलाई चेतनासून्य बनाउनु र आफ्नो भजन गाउने दासहरू जन्माउनु बहुराष्ट्रिय निगमहरूको रणनीति हुन्छ । त्यसका लागि साहित्य, कला, भाषा, संस्कृति, खेलकुद र मनोरञ्जनका यावत प्रसाधन आदि आफ्नो कब्जामा लिनु अनिवार्य हुन्छ । यसैले हाम्रो जस्तो मुलुकमा साहित्यको बजारीकरण गर्ने प्रक्रिया बढेर गएको हो ।
जहाँसम्म यसरी तिव्रत्तर रूपमा बढ्दै गएको बजारीकरणलाई रोक्नका लागि प्रलेसले खेल्ने भूमिकाको कुरा छ त्यसमा हामी सचेत छौं । परन्तु बजारीकरणका निम्ति राज्य व्यवस्थाले नै छुट दिएको अझ प्रोत्साहन दिएकाले हाम्रो सङ्गठनले त्यसलाई रोक्न त असम्भव जस्तै छ । तथापि हामीले त्यसको व्यापक भण्डाफोर गर्ने, गोष्ठी सेमिनार जस्ता साहित्यिक गतिविधि मार्फत् जनतालाई सचेत, जागरुक बनाउनेसम्मका कार्य गर्न सक्छौं र गरेका पनि छौं । देशको शासनव्यवस्था नै दलाल र नोकरशाहरूको कब्जामा भएकाले हाम्रो विरोधका स्वरहरूले मात्र बजारवादका रौं पनि हल्लाउन निकै कठिन हुँदो रहेछ । परन्तु साहित्यको बजारीकरणको सशक्त विरोध गर्नु र भण्डाफोर गर्नु जरुरी छ ।

प्रलेसको आगामी कार्ययोजना के छ ?
प्रलेसको कार्य भनेको प्रगतिवादी धाराको साहित्यको उन्नयन गर्नु हो । देशका शोषित, उत्पीडित, दमित वर्गका जनतामा क्रान्तिकारी विचार जगाइदिनु राष्ट्रिय स्वाधीनताका लागि जनतालाई आन्दोलित गर्नु उत्पे्ररित गर्ने साहित्य, कला र संस्कृतिको विकास गर्नु हो । त्यसका साथै नेपालका वामपन्थी पार्टीहरूलाई एउटा मोर्चा निर्माका लागि सानोतिनो पहल गर्नु उनीहरूका दूरी कम गराउन प्रयत्न गर्नु पनि प्रलेसले आफ्नो कार्यभारका रूपमा लिएको छ ।
जहाँसम्म हाम्रो आगामी कार्ययोजनाको कुरा छ त्यसमा हाम्रो यो नवौं कार्यसमितिको कार्यकालको एक वर्ष बितिसकेको छ । अब दुई वर्ष बाँकी छ । प्रलेस गठन भएको छ दशक बितिसक्दा पनि यसको आफ्नै भवन छैन । एउटा अत्यन्तै सानो कोठामा केन्द्रीय कार्यालय दुःखजिलो गरेर चलाएका छौं । तसर्थ कम्तिमा आफ्नै भवन बनाउने प्रयत्न गरेका छौं । त्यसका निम्ति जमिन खोज्दैछौं काठमाडौंमा केही सङ्केतहरू मिलेका छन्, हेरौं कति सफल हुन्छ । त्यसैगरी सरकारबाट सानोतिनो भए पनि वार्षिक बजेट नियमित रूपमा लिने व्यवस्था मिलाउँदै छौं । यी त हाम्रो भौतिक प्रशासनिक काम भए । मुलतः हामीले प्रगतिवादी साहित्यको इतिहासको अभिलेख तयार गर्ने सोच बनाएका छौं । त्यसका साथै देशका विभिन्न साहित्य प्रभावी ठाउँहरूमा विविध कार्यक्रम गरेर प्रगतिशील प्रगतिवादी धाराको साहित्यको विकास, स्तरोन्तीका कार्यक्रम सञ्चालन गर्ने योजना छ ।

अन्त्यमा हाम्रो पत्रिका मार्फत् अरु केही भन्न चाहनुहुन्छ ?
सर्वप्रथम रोल्पा जस्तो राज्यद्वारा उत्पीडित र उपेक्षित जिल्लामा रहेर पत्रिका प्रकाशन गरेर जनतालाई सत्य, तथ्य सूचना सम्पे्रषण गर्ने, प्रगतिशील विचारधारा पस्कने कार्य गरेकोमा सनस्टार पत्रिकाका सम्पूर्ण परिवारलाई प्रलेसको तर्फबाट धन्यवाद दिन चाहन्छु । साथै यस पत्रिका मार्फत् प्रलेसको लक्ष्य, उद्देश्यका बारेमा जानकारी दिने र मेरा आफ्ना विचारहरू रोल्पाली जनता माझ् पस्किने अवसर दिनु भएकोमा पुनः धन्यवाद दिन चाहन्छु ।
रोल्पा सिंगो मुलुककै निम्ति पे्ररणाको श्रोत हो । किनकि यो जिल्लाका क्रान्तिकारी जनताले पञ्चायत कालदेखि नै ठूलठूला विद्रोहहरूको नेतृत्व गरेका छन् । अझ पछिल्लो चरणमा भएको नेकपा माओवादीको नेतृत्वमा सञ्चालित महान् जनयुद्धको उद्गम थलो हो । यस अवधिमा यो जिल्लाले कैयौं दर्जन राष्ट्रिय स्तरका नेता जन्मायो । अब यो जिल्लाले त्यही स्तरका साहित्यिक व्यक्तित्वहरू जन्माउन जरुरी छ । त्यसका लागि उर्बर भूमिका रूपमा यहाँका संचार माध्यमहरूले खेलुन् । मलजल दिन सकुन् यही शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger