जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

भानु जयन्तीको अवसरमा कवि गोष्ठी, स्रष्टा सम्मान एवम् कृति लोकार्पण

0 comments


२९ असार । २०० औं भानु जयन्ती रोल्पामा पनि विविध कार्यक्रम गरेर मनाईएको छ । भानु जयन्तीको अवसरमा यो साताभरी विभिन्न गतिविधि भएका छन् । आइतबार रोल्पाको लिबाङमा भएको कार्यक्रममा कवि गोष्ठी, स्रष्टा सम्मान एवम् कृति लोर्कापण कार्यक्रम सम्पन्न भएको छ ।
जयन्तीको अवसरमा रोल्पा खुङ्रीका साहित्यकार हाल राप्ती साहित्य परिषद् रोल्पाका सचिवमा नारायण रेग्मी जिज्ञासुले ‘उनको बयान गर्दिनँ म’ गजल संग्रहको लोकार्पण समेत गरिएको छ । गजल संग्रहको विमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार एवम् समालोचक केशव सुवेदीले गर्नुभएको थियो ।
कृतिको समिक्षा डी.बी. टुहुरोले गर्नुभयो । ललित साहित्य परिषद् रोल्पा र राप्ती साहित्य परिषद् रोल्पाको संयुक्त आयोजनामा भएको कार्यक्रमको अध्यक्षता ओम पन्छीले गर्नुभएको हो भने सञ्चालन केबी बिरहीले गर्नुभयो । कार्यक्रमको स्वागत मनतब्य दिदै साहित्यकार गोकर्ण पुनमगरले कविता समेत बाचन गर्नुभयो ।
कार्यक्रममा जिल्लाका अग्रज साहित्यकार एवम् राप्ती साहित्य परिषदका केन्द्रीय सचिव रमेश सुवेदीलाई सम्मान गरिएको छ । उहाँलाई प्रमुख अतिथि केशव सुवेदीले सम्मान गर्नुभयो । कार्यक्रममा प्रलेसका केन्द्रीय सचिव आर एम डंगोल, साहित्यकार खेमराज शर्मा, नारायण प्रसाद सुवेदी, प्रलेसका केन्द्रीय सदस्य गौरीकिरण डाँगी, महिला साहित्यकार गायत्री घर्तीमगर, प्रलेसका जिल्ला अध्यक्ष नवीन लोचनमगर, नेपाली काँग्रेसका सभापति कृष्ण घर्तीमगर, एमालेका मानसिं डाँगी, एनेकपा माओवादीका पुरण क्षेत्री, राप्रपा नेपालका अध्यक्ष, राप्रपाका पुर्णे पुन, जिल्लामा रहेका साहित्यकार, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger