जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पा २८ औं खुला दिसामुक्त र २१ औं साक्षर जिल्ला घोषित

0 comments

 ९, पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले आज एक कार्यक्रमका बीच रोल्पालाई खुला दिसामुक्त र साक्षर जिल्ला घोषणा गरेका छन् । रोल्पालाई देशकै २८ औं खुला दिसामुक्त तथा २१ शौं साक्षर जिल्लाका रुपमा आज घोषणा गरिएको हो । सम्बोधनको शुरुमै पुनले घोषणासभामा बोलाएकोमा रोल्पावासीमा आभार प्रकट गर्दै जिल्लालाई यो अवस्थामासम्म ल्याउने सबैलाई धन्यवाद दिए । खुला दिसामुक्त तथा साक्षरताको यो अभियानले सम्पूर्ण रोल्पावासी आधुनिक दिशातिर उन्मुख भएको उनले बताए । ‘स्वच्छ र सरसफाइयुक्त शिक्षित समाज नै सभ्य राष्ट्रको पहिलो पहिचान हो’ उनले भने ‘त्यो पहिचान हासिल गरेको यो अपलब्धी निश्चय नै हामी सबैका लागि ज्यादै गर्वको विषय हो ।’ उनले सबैले सरल र सहज रुपले शिक्षा प्राप्त गर्नसक्ने वातावरण निर्माणको सुनिश्चितता आजको तड्कारो आवश्यकता भएको बताए । तर शिक्षा व्यवहारिक र बैज्ञानिक हुनुपर्ने समेत उनले बताए । 

सहस्राब्दी विकासको लक्ष्यअनुसार सन् २०१५ सम्ममा ७३ प्रतिशत जनतालाई आधारभूत स्तरको खानेपानी सेवा र ५३ प्रतिशत जनतालाई आधारभूत स्तरको सरसफाई सेवा पु¥याउनुपर्ने राज्यको लक्ष्य रहेको समेत उपराष्ट्रपति पुनले स्पष्ट पारे । सामुहिक प्रयास, प्रतिबद्धता र लगनशीलताले मात्र उक्त लक्ष्य पूरा हुने उनले बताए । नेपालमा स्वास्थ्य र सरसफाइ, प्रवद्र्धनका क्षेत्रमा विस्तारै उल्लेखनिय उपलब्धी हासिल हुँदै आएपनि अझै करिब ३० प्रतिशत जनता शौचालयको पहुँचबाट टाढा रहनु दुःखको विषय रहेको उनले बताए ।
रोल्पा जिल्लाको समग्र विकासको लागि बाटोघाटो, सञ्चार, पुल, सिंचाई, उन्नत आधुनिक कृषि प्रणालीको विकासमा आवश्यक योजना र बजेट व्यवस्था गरी विकासको ढोका खोल्न उनले सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराए । परिवर्तनकारी आन्दोलन र जनयुद्धले रोल्पाली जनताको चेतनास्तर धेरै माथि उठेको बताउँदै उनले अबको कार्य आर्थिक, सामाजिक विकास र सम्बृद्धि भएको बताए । रोल्पालीको गौरवपूर्ण बलिदान परिवर्तनका लागि भएको भन्दै त्यसमा सबै रोल्पालीले गर्व गर्नुपर्ने बताए ।

स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दामोदरप्रसाद सुवेदीले गरेका थिए । घोषणा सभाका क्रममा विभिन्न संघसंस्था तथा मिडियालाई सम्मान गरिएको थियो । कार्यक्रममा सभासद् अमर पुन, गोकुल घर्ती लगायत विभिन्न राजनीतिक दलका केन्द्रीय तथा जिल्लास्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन रोल्पा आउने भएपछि सदरमुकाम लिबाङलाई दुलहीझैं सिंगारिएको थियो भने गाउँगाउँबाट समेत झाँकीहरु लिबाङ झारिएको थियो । ‘एक घर, एक चर्पी रोल्पाबासीको सान, पूर्ण सरसफाईयुक्त जिल्ला हाम्रो पहिचान’ र ‘शिक्षित अभिभाक, साक्षर समुदाय, गुणस्तरीय शिक्षा, हाम्रो अभिप्राय’ भन्ने शिक्षाको मूलसहित यो अभियान थालिएको थियो ।

फोटोहरु........
 

























Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger