भाद्र ५, रोल्पा । नेकपा माओवादी केन्द्र पाछाबाङ अन्तर्गतको अनेम संघ क्रान्तिकारीको गाउँभेला शनिबार राक्सेबाङमा सम्पन्न भएको छ । सम्मेलनले दिलसरी घर्तीको अध्यक्षतामा २३ सदस्यीय नयाँ अनेम संघ पाछाबाङ गाउँ कमिटि गठन गरेको छ ।
नेकपा माओवादी केन्द्रको संगठन सुधार र विस्तार गर्ने दोश्रो कार्यक्रम अन्तर्गत सो भेला भएको हो । नेकपा माओवादी रोल्पाका जिल्ला सल्लाहकार दलबहादुर बुढा, पाछाबाङ गाउँ कमिटिका अध्यक्ष मानसिं बुढा, सचिव चुडालाल वलीको विशेष आतिथ्यतामा भएको भेलाले उक्त नयाँ कार्यसमिति चयन गरेको हो ।
पाछाबाङको राक्सेबाङमा भएको बृहत भेलाको सञ्चालन अमृता बुढाले गर्नुभएको थियो । यसैगरी भाद्र ३० गते विद्यार्थी संगठनको भेला गर्ने समेत नेकपा माओवादी केन्द्र पाछाबाङले निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण अभियान अन्तर्गत जवस मोर्चाहरुको सम्मेलनलाई व्यापक बनाइएको नेकपा माओवादी केन्द्र पाछाबाङका सचिव चुडालाल वलीले जानकारी दिनुभयो ।
Post a Comment