निको लाग्छ तिमी मलाई, शिरिषको फूल भन्दा ।
मिठो लाग्छ तिम्रो आँचल, ध्वजाअनि तूल भन्दा ।
सक्छौ आऊ हात समाऔं, संगै हिडौं यी पाइला,
छदैं छ नी लौरीको साथ, खोलै तर्छु पूल भन्दा ।
मन रमाउँछ माथि उठ्दा, तिम्रै राग जता पनि,
मनैलैजाउ पक्कै सहन्छु, ज्यान चिठोर्ने शूल भन्दा ।
अतित सधै आदेश गर्छ, सम्झिने यो दिमाग भए,
कलेजीको लिखत सहीछ, मनअस्ताउने भूल भन्दा ।
आफ्नो सोच्दा जरा काट्छन्, के गर्नु कुरा अरु,
‘लोचन’ सहि छ आँसु पोख्छ, विषबगाउने मूल भन्दा ।
Post a Comment