भर्खर केहीदिन मात्र भएको थियो तिहार मान्न घरबिदामा गएको । केही गाउँको कामले सदरमुकाम जानुपर्ने भयो । अलि हतारमा थिएँ । मुकाम नजिक माडीचौर पुग्दा इक्वेल एक्सेस नेपालको अफिसबाट करुणा जीको फोन आयो ।“लौ नविन जी तपाई पनि अनलाइन मिडिया टे«निङ्मा आउनुपर्ने भयो है ।”
एकातिर खुशी पनि भएँ किनकी अन
लाइन सम्बन्धि तालिमको लागि यस्तोे अवसर मलाई पहिलो चोटी जुरेको थियो । जुन अवसर मैले मेरो सन्दर्भमा यसअघि पाएको थिएन । अर्कोतिर अलिकति गम्भिर पनि भएँ आफ्ना यताका सबै महत्वपूर्ण कामहरुलाई थाँती राखेर कसरी त्यहाँ पुग्ने भनेर ।
“हवस्”
आफ्ना अन्य सबै कामलाई सहायक मान्दै एउटा सैनिक कमाण्डरको अगाडी जवानले आदेश पालना गरे झैं गरि सहर्ष स्वीकार गरेँ ।
फेरी ल्यापटपको कुरा पनि भयो । तर मैले ल्यापटप आफुसँग बोकेको थिइन । त्यसको लागि पुरै एकदिन हिडेर घरसम्म पुग्नुपर्ने भयो । ट्याक्सीको आवतजावतको लागि टोकिएको समय रहेनछ । ट्याक्सीमा यात्रुहरु टन्न भरिएपछि जतिखेर पनि हिड्दो रहेछ तर त्यतिखेर बजारबाट गाउँतिर जाने मान्छे करिब–करिब शुन्य जस्तै थियो ।
ट्याक्सी नचलेकोले दिनभरिको बाटो हिड्नुपर्ने भयो र हिडेपनि । मनमा भएको एउटा मिठो उत्साह र कौटोहुलताले भोक, प्यास, थकाई लगायत शारिरीक रुपमा भएका सबै कठिनाइहरुलाई बिर्साएको थियो । तिहार मनाउन पहाड उक्लेका बजारबासीहरु अझै फर्केका थिएनन् शायद त्यसैले पनि सुनसान थियो सबैतिर । अनि सात गत्ते बिहान भालेको डाकोसँगै करिव ४ बजेको झिसमिसे मै ओरालो दाङतिर लागेँ । करिब तिनघण्टाको बेजोडको यात्रा पछिमात्र जीप भेटियो र त्यहाँबाट छटमा चढेर घर्तीगाँउमा आइपुगेँ । कच्ची सडक र धुलोको कारण छटमा चढेका सबै मान्छेजति तर्साउन राखिएको बुख्याँचा भन्दा कम थिएनन् । दोस्रो नम्बरको बस नौ बजे जाने भएकोले ड्राइभरसँग कर गर्दै नौबजे अघि नै त्यहाँ पुर्याउन लगायौँ । गाडी पुरै भरिएको थियो सिट सबै प्याक भएपनि उभिएर जाने योजनाका साथ घर्तीगाउँ टिकट काउन्टरबाट एउटा टिकट ल्याएँ ।
यता डिल्ली जीहरुलाई “जसरीपनि पर्खिनुस् है म रातीसम्म भएपनि आइपुग्छु” भनेको थिएँ । गाडीमा निकै कोचाकोच भएकोले अलि तन्नेरी मान्छेहरुलाई छटमा जान भनियो म लगायत करिब २०÷३० जनाजति माथि गयौँ । कच्ची बाटो, धुलो अनि तल देखिने त्यो एकछाङगे भीर उफ् ! भनि साध्य थिएन । छटमा अडिएर बस्नलाई फलामको डण्डी समाउँदा–समाउँदा हातको नशाले आफ्नो रगत सर्कुलेशन नियम नै भुल्न थाले झैँ भान परिरहेको थियो । सुरु सुरुमा त साथीहरु हौसिँदै थिए छटमा । पछि त्यहाँको कष्टकर बसाइका कारण चार्ज सकिएको मोवाइल झैँ आवश्यकतामा बोल्नलाई पनि भार परिरहेछ जस्तो भइरहेको थियो । कतिखेर त गाडीको आधाभाग जति कोल्टो पथ्र्यो पल्ट्यो कि जस्तो लाग्थ्यो । यात्रुहरु छटबाटै हामफालेर आफ्नो दुइदिनको आयुलाई केही समय लम्व्याउन वा छोट्याउन खोज्थे ।
साँझपख करिब ६ बजेतिर मात्र पुगँे घोराहीे । बसपार्कमा ओर्लनु बित्तिकै डिल्ली मल्ललाई फोन लगाएँ । बाटोमा आउँदा पनि उहाँहरुलाई पटक पटक फोन गरेर जसरी पनि पर्खिन भनेको थिएँ । उहाँहरु ट्राफिक चोकमा पुगिसकेको जानकारी पाएँ करिब तिन किलोमिटरको सडकमा रिक्सालाई दुइसय तिरेर भ्याई–नभ्याई उहाँहरु कहाँ पुगेँ । उहाँहरु गाडी चढ्नलाई तयारी भइसक्नुभएको रहेछ । यता बन्दको हल्लापनि उत्तिकै थियो । त्यसैले पनि यतिसारो हतारो गर्नुपरेको थियो ।
लमही सम्मको लागि पुर्वतिर जाने गाडीमा जाने सल्लाह भयो । उफ् त्यहाँपनि छटमा । छटमै जानेभए लैजाने नत्र लोकल यात्रुहरुलाई नलैजाने भनेपछि छटमा जानलाई तयार भयौँ म, नरेन्द्र केसी र डिल्ली मल्ल तिनै जना । साँझपखको चिसो सिरेटो । तराइको ठाउँ । फेरी अलिकति हात छोड्यो की जीन्दगी दालमोठ जस्तै गरि चपाइएला भन्ने डर । जसो तसो लमही पुग्यौँ र प्रहरी चेकपोष्टमा गाडीको लागि अडियौँ । प्रहरीका अनुसार नेपालगन्ज जाने गाडी आउने सम्भावना अलि कम छ । नौगत्ते बन्द भएपनि कोहलपुरबाट रिक्सामा पनि पुग्न सकिने कुरालाई मध्यनजर गर्दै कोहलपुरसम्मलाई कियामा चढ्यौँ ।
बसपार्कका प्रायः ठाउँहरुमा होटेलवालाहरु आफ्नो होटेलको तारिफ गर्दै यात्रुहरुलाई फकाउन आउँछन् तर हामीलाई कसैले केही सोधेन पुरै हात्तीको हुलमा कछुवा मिसिए जस्तो । बेमतलव हिड्यौं बस्नलाई एउटा ठुलै साइनबोर्ड राखिएको होटेलमा । र बिहानै नेपालगञ्जको कारकाँडो स्थित होटेल सिद्धार्थमा तालिमको लागि हाँजिर भयौँ ।
९,मंसिर ०६९
नेपालगञ्ज, बाँके ।

Post a Comment