२७ असार । आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकीको अवसरमा शुत्रबार रोल्पाको लिबाङमा आयोजित राप्ती अञ्चलस्तरीय कविता प्रतियोगितामा दाङका नवीन अभिलाषी प्रथम हुनुभएको छ । आदिकवि भानुभक्त द्विसतवार्षिकी राप्ती अञ्चल समारोह समितिले लिबाङमा आयोजना गरेको ‘स्रष्टा सम्मान तथा राप्ती अञ्चलस्तरीय कविता प्रतियोगिता’मा अभिलाषी १० प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो हुनुभएको हो ।
त्यस्तै प्रतियोगितामा रोल्पाका रबिन्द्र सुनार द्धितिय, प्यूठानका देबेन्द्र कुमार रीजाल तृतिय र रोल्पाका बिष्णु सन्यास सान्त्वना भएका छन् । प्रतियोगिताका बिजेताहरुले क्रमश प्रथम हुनेले रु ७ हजार पदक र प्रमाणपत्र, द्धितियहुनेले रु ५ हजार प्रमाणपत्र पदक, तृतिय हुनेले ३ हजार प्रमाणपत्र र पदक सान्त्वना हुनेले २ हजार र प्रमाणपत्र हात पारेका छन् ।
अञ्चल भरीका विभिन्न स्रष्टाहरुले आवेदन दिएकोमा उत्कृष्ट १० जनालाई छनौट गरी प्रतिस्पर्धा बनाइएको थियो । कार्यक्रममा राप्तीअन्चलका ६ जना अग्रज साहित्यकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दोसल्लाह ओढाएर सम्मान गर्नुभयो भने कार्यक्रमका सभापति गायत्री घर्तीमगरले टिका लगाईदिनुभएको थियो ।
यसैैगरी बिशिष्ट अतिथि नारायण प्रसाद सुवेदीले प्रमाणपत्र प्रदान गर्नुभयो । सम्मानित हुनेहरुमा प्यूठानका देवेन्द्र कुमार रिजाल र देशमान गीरी, रुकुमका मनीराम गौतम उपाध्याय, रोल्पाका खेमराज शर्मा र बमकुमारी बुढा गरी ६ जना अग्रज साहित्यकारहरु रहनुभएको छ । कार्यक्रममा भानुभक्तको फोटोमा फूलमाला र अबिर लगाई माल्यार्पण समेत गरिएको थियो ।
अञ्चलसमारोह समितिका उपाध्यक्ष डी.बी. टुहुरोको स्वागत मनतब्यबाट शुरुभएको कार्यक्रमको सन्चालन साहित्यकार तथा गायक मोहन सहयात्री परियारले गर्नुभएको हो ।
सम्मानित व्यक्ति र प्रतियोगीहरुलाई खान बस्न र एकतर्फी बसभाडाको व्यवस्था समेत गरिएको अञ्चल समारोह समितिका सदस्य सचिव मोहन सहयात्री परियारले जानकारी दिनुभयो ।

Post a Comment