नवीन लोचनमगर
‘हेर्नु, अब १० गतेदेखि त टुँडिखेलमा चरा पनि उड्न नपाउने रे’
‘किन नि ?’
‘तपैंले बिर्सिनु भो ?
हामी सप्पैले हस्ताक्षर गरेका थिम् नि ऊ...त्याँ (हस्ताक्षर गरिएको ठाउँतिर सिकाउँदै)
(टुँडिखेल बचाऊ भन्दै मिडिया प्वाइन्टको आयोजनामा १ हजार ११ हस्ताक्षर संकलन गरिएको थियो)
हो त्यो, हेर्नु बसहरु सप्पै हटाएको । त्यै भएर त हो नि । अब ग्रीन पारक बनाउने रे के ।’ जिविस निस्किने रोडको छेवैंमा दिदी र भाइबीचको यो भलाकुसारीले मेरो ध्यान जबर्जस्ती आकर्शित ग¥यो । ‘चरा पनि उड्न नपाउने रे’ यतिसारो प्रतिवन्ध गरिने कुराले सुन्ने जो कोहीको कान ठाडो हुनु स्वभाविक थियो ।
२०७० साल चैत ८ गते शनिबारको कुरा । दिदी भाइको नाम मैले थाहा पाइँन । भाइ वोर्डिङको विद्यार्थी डे«समै थिए । उनी जस्तै स्कुल डे«समै अरु विद्यार्थी पनि हावा नभएको फुटबल खेलिरहेका थिए टुँडिखेलमा ।
मैले भाइको कुरा मात्र सुनें । दिदीले के भनिन् थाहा पाइँन । उनको चेहेरा पढ्दा लाग्यो भाइलाई फुटबल नखेल्न अनुरोध गरिरहेकी थिइन् । भाइको जवाफअनुसार अड्कल काट्न भ्याएँ ।
‘भाई आ, छिटो घर काम छ । बल त अर्को शनिबार खेले पनि त हुन्छ नि ?’
दिदीले यी सब कुरा फुटबल खेल्दै गरेको भाइलाई आफू नजिक बोलाएर भनेका थिए ।
अर्को शनिबार चैत १० गतेभन्दा अलि पछि, यानेकी १५ गते पथ्र्यो । भाइलाई थाहा थियो, १० गतेभन्दा पछि त चरा समेत् उड्न नपाउने भनेपछि फुटबल खेल्न त पाउने कुरै थिएन । भाइको बुझाई ।
....... ........
यसको मतलव हो, रोल्पाको सदरमुकाम टुँडिखेलको बारेमा सकारात्मक वा नकारात्मक जस्तो भए पनि सबै मानिसहरुलाई चासो बढेको छ । ग्रीनपार्क कोहीलाई ठट्टा गर्न बोलिएको शब्द भएको छ भने कोहीले साँच्चिकै नयाँ प्रार्दुभाव ल्याउने उद्देश्य सहित उठाउने गरेका छन् ।
हामीले बुझेको कुरा के हो भने समस्या नभइकन नयाँ कुराको उत्थान असम्भव छ । जहाँ समस्या हुन्छ त्यहाँ अवश्य समाधान पनि हुन्छ । समस्या उठ्नु भनेको अर्को नयाँ कुराको आवश्यकता बढ्नु पनि हो । संसारमा जे जति परिवर्तनहरु भएका छन् ति सबै समस्याकै कारण भएका हुन् । मानवको विकासक्रमलाई हेर्दा पनि के देखिन्छ भने आवश्यकताले नै नयाँ कुराको आविष्कार गरेको छ ।
विचरा बालकको के दोष ? उनले बुझे ग्रीनपार्क बनाउनु भनेको चरा पनि उड्न नपाउनु हो । जानकारहरुले यस्तो बुझाई राखेर पो समस्या बल्झिएको हो । अहिले पनि कसैले चरासम्म उड्न नपाउने भन्दैछन् भन्न खोजेको निरपेक्षताको कुरा गर्दैछन् । कसैले खेलसम्म खेल्न पाउने भन्दैछन् । बुझाई आ–आफ्नै छ ।
टुँडिखेललाई ग्रीन पार्क बनाउनुपर्ने अवधारणा २०६७ सालको फाल्गुन २३ गते बसेको जिल्ला स्थित सर्वदलिय संयन्त्रले लिएको हो । उक्त बैठकले टुँडिखेल व्यवस्थित गर्न २०७० सालकै चैत १ गतेदेखि टुँडिखेलबाट सवारी साधन र सम्पूर्ण निर्माण सामाग्रीहरु हटाउने निर्णय ग¥यो । खुला मञ्च, कर्मचारी मिलन केन्द्र, अतिथि सत्कार कक्ष लगायतको स्थानलाई हटाउने निर्णय त्यतिबेलै गरेको बुझिन्छ । तर अहिलेसम्म कार्यन्वयन हुन सकेन । निर्णयमा लाहाछाप ठोक्नु र कार्यान्वयनमा कन्जुस गर्नु तत्कालिन सर्वदलिय संयन्त्रको निर्लज्जता हो ।
मान्छेले हर कदमलाई आफ्नो व्यक्तिगत व्यापार र नाफासँग तुलना गर्छ । त्यसैले कुरा र कामको बिचमा तालमेल नमिलेको हो । इच्छाशक्ति नभएर बनाएको योजनाले कसरी औचित्य पुष्टि गर्न सक्छ । त्यसैले सेक्सपियरले भनेका छन् ‘काम जस्तो कुरा गर, कुरा जस्तो काम गर ।’ यहाँ कुरा गर्नेहरुले काम गर्ने इच्छाशक्ति देखाउँदैनन् । काम गर्नेहरुले चिल्लो मिसाएर कुरा गर्न जान्दैनन् । जसको कारण योजनाहरु परिणाममूखी बन्न सक्दैनन् । अहिले पनि विकासे अड्डाका हाकिमसावहरु धेरै बसिँदैन सरुवा भइहाल्छ त्यसैले राजनीतिक दलले निर्णय गर्नुस् भन्ने अनि राजनीतिक दलले हाम्रो पनि एकदुई वर्षपछि अर्को प्रमुख भएर आइहाल्छ त्यसैले जिविसले नै गरोस् भन्ने फालाफालको राजनीति केही समय अवश्य चल्यो । सेवामूखी विकास गर्नुछ भने ‘कार्यशैलीमा सुधार गर’ माओले त्यसै भनेका होइनन् । कार्यशैलीमा सुधार गर्दै एकचोटी फेरि दरिलो इच्छाशक्ति सहित सामाजिक सेवामा लागेका सबै पक्ष तयार होऔं । टुँडिखेलमात्र होइन, हरकामको लागि अल्टिमेटम मात्र होइन एक्सन प्लानका साथ अघि बढौं । सकारात्मक परिणाम नजिकै छ ।
टुँडिखेल व्यवस्थापनको बारेमा रोल्पाका स्थानीय मिडियाहरुले धेरै नै आवाज उठाए । फलस्वरुप केही सुधारको संकेत पनि देखिएको छ । भर्खरै मात्र बसेको सर्वपक्षिय बैठकले प्राविधिक कार्यालय प्रमुख गौरीकुमार श्रेष्ठको संयोजकत्वमा २ हप्ताभित्र अध्ययन प्रतिवेदनको लागि समिति गठन गरेको छ । यसले पनि केही हुने कुरामा हामी आशावादी बनाएको छ । सामान्यरुपमा भन्दा सय प्रतिशतको लक्ष्य हो ग्रीनपार्क । कुनै काम गर्नु छ भने अधिक लक्ष्य राख्नैपर्छ । अनिमात्र त्यहाँ पुग्नको लागि हरशक्ति लागि पर्छ । चाहे त्यो ५१ प्रतिशत मात्र काम किन नहोस् त्यसलाई सफल मान्नुपर्छ ।
अब रोल्पाका राजनीतिक दल, विकासे अड्डा, मिडियाकर्मी सबैको लागि चुनौतिको विषय के भएको छ भने जसरी मुद्दाको उठान भयो त्यसरी नै परिणाम दिन सक्नुपर्छ । यसलाई बिचैमा अलपत्र छोडियो भने अवश्य सबैको विश्वसनियता माथि प्रश्न चिन्ह खडा हुनसक्छ । कसैले टुँडिखेलको कुरा लाएर व्यक्तिगत इच्छाको पुर्तिको सपना देखेको भए पनि सबै मिलेर चक्नाचुर पार्ने हैसियत राख्न सक्नु पर्दछ ।
अहिले टुँडिखेलबाट सबै यातायातका साधनहरु हटाइएको छ । यो कदमको लागि जलजला यातायात व्यवसायी समितिलाई धन्यवाद दिनैपर्छ । तर बस हटाउनुमात्रै सबै कुरा होइन । जलजला यातायातले आफ्नो जिम्मेवारी पुरा ग¥यो अब दोस्रो जिम्मेवारी तपाइँ हामीमा फेरि आएको छ । अबको दोस्रो काम टुँडिखेल वरिपरी थुपारिएका फोहोर र निर्माण सामाग्रीहरुलाई तत्काल हटाउन अर्को अल्टिमेटमको आवश्यकता छ ।
अहिले यसको सुधार र पार्क निर्माणको लागि अध्ययन गर्न जुन समिति बनेको छ, यसले आफ्नो कामलाई भनेकै समयमा पुरा गरी वास्तविकता सर्वपक्षिय बैठकमा ल्याउन जरुरी छ । तदनुरुप हामीले कसरी कामलाई व्यवस्थितपूर्वक अगाडि बढाउन सक्छौं भन्ने कुराको मापन हुनसक्छ ।
Post a Comment