जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पहिरोमा परी रोल्पामा २ जनाको ज्यान गयो, व्यापक धनमालको क्षति

0 comments


३० साउन, रोल्पा । अविरल वर्षाका कारण गएको पहिरोले रोल्पामा व्यापक क्षति भएको छ भने घर भत्किदा २ जनाको ज्यान गएको छ । राँक गाउँ विकास समिति वडा नं. २ मा स्थानीय कृष्ण वलीको घर भत्किदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षिया लाली भण्डारी र ७ वर्षिया करुणा वली रहेका छन् । उक्त घटनामा परी ३ जना घाइते भएका छन । घाइते हुनेमा कृष्ण वली, पविसरा वली र रुपेश वली रहेका छन् । सदरमुकाम लिबाङदेखि २६ कोष टाढा रहेको घटनास्थलमा ईलाका प्रहरी चौकी पाछाबाङबाट प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यसैगरी राँक गाविसको वडा नं. ९ मा पहिरो जाँदा ४० वर्षिय पर्सराम वली वेपत्ता भएका छन् भने स्थानीय लालबहादुर केसी र देवेन्द्र केसी घाइते भएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिए ।
उता रोल्पाको जिनाबाङमा पहिरो जाँदा ८ वर्षिय पारस पुन गम्भीर घाइते भएका छन् ।

 त्यस्तै जैमाकसला गाविस वडा नं. ४ मा पहिरो जाँदा करिब डेढ दर्जन खसी बोका पुरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए ।

रोल्पाकै तालाबाङ गाविसको वडा नं. ५ मा पहिरो जाँदा ४ वटा गोरु पुरिएको र ७ वटा घर निकै जोखिममा रहेको नेकपा एमाले रोल्पाका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीले जानकारी दिए ।

उता वर्षासँगै आएको पहिरोका कारण होलेरी स्वर्गद्वारी मोटरबाटो र खुमेलको लम्पुजामा गएको पहिरोका कारण रोल्पा सदरमुकाम लिबाङ जोड्ने एकमात्र सडक अवरुद्ध भएको छ । अहिले नेपाली सेना, नेपाल प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसैवीच अविरल वर्षा भइरहँदा विभिन्न स्थानमा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रकोप उद्धार समितिको वैठक सकिएको छ । वैठकले प्रति मृतकका लागि ४० हजारका दरले राहत उपलब्ध गराउने र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger