रोल्पा, माघ ६
पश्चिम रोल्पाको मिरुलमा रहेको जीवैखोला लघु जलविद्युत आयोजनाको सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गर्नुभएको छ । मिरुलको उक्त जलविद्युतको सभामुखले पावर हाउसको मेनस्वीच अन गरेर उद्घाटन गर्नुभएको हो ।
बेस नेपालको अनुदान र स्थानीयको जनश्रमदान गरी करिब एक करोड बढीको लागतमा निर्माण गरिएको उक्त विद्युत आयोजनाले मिरुल ५, ४ र ८ नम्बर वडाका करिब २ सय ५३ घरधुरी लाभान्वित हुने बेस नेपालका फिल्ड सुपरभाइजर दर्जित रोकामगरले जानकारी दिनुभयो । साढे १५ किलोवाट क्षमताको उक्त जलविद्युतको उद्घाटन गर्दै सभामुख घर्तीले आफूसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर मात्रै पनि समृद्ध समाज निर्माण गर्नसकिने बताउनुभयो ।
एक अर्को प्रसंगमा बोल्दै घर्तीले जनताको त्याग र बलिदानले देशमा गणतन्त्र स्थापना भएको भन्दै सबै भाषा, जात, धर्म, संस्कृतिलाई संविधानले सर्वस्वीकार्य बनाएको बताउनुभयो । साथै उहाँले संविधानले महिलाको अधिकारलाई थप बढाएकोले अब हुने स्थानीय तहको निर्वाचनमा अनिवार्य आफूलाई अग्रसर बनाउन महिलाहरुलाई आग्रह समेत गर्नुभयो ।
सभामुख घर्तीले भाबाङमा रहेको टेलिकम टावर, कुरेली उपाबाङमा रहेको विद्यालयमा उमावि सञ्चालन लगायतका ठाउँहरुमा समेत सहभागी जनाएको बताइएको छ ।
पश्चिम रोल्पाको मिरुलमा रहेको जीवैखोला लघु जलविद्युत आयोजनाको सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गर्नुभएको छ । मिरुलको उक्त जलविद्युतको सभामुखले पावर हाउसको मेनस्वीच अन गरेर उद्घाटन गर्नुभएको हो ।
बेस नेपालको अनुदान र स्थानीयको जनश्रमदान गरी करिब एक करोड बढीको लागतमा निर्माण गरिएको उक्त विद्युत आयोजनाले मिरुल ५, ४ र ८ नम्बर वडाका करिब २ सय ५३ घरधुरी लाभान्वित हुने बेस नेपालका फिल्ड सुपरभाइजर दर्जित रोकामगरले जानकारी दिनुभयो । साढे १५ किलोवाट क्षमताको उक्त जलविद्युतको उद्घाटन गर्दै सभामुख घर्तीले आफूसँग भएको साधनस्रोतको अधिकतम प्रयोग गरेर मात्रै पनि समृद्ध समाज निर्माण गर्नसकिने बताउनुभयो ।
एक अर्को प्रसंगमा बोल्दै घर्तीले जनताको त्याग र बलिदानले देशमा गणतन्त्र स्थापना भएको भन्दै सबै भाषा, जात, धर्म, संस्कृतिलाई संविधानले सर्वस्वीकार्य बनाएको बताउनुभयो । साथै उहाँले संविधानले महिलाको अधिकारलाई थप बढाएकोले अब हुने स्थानीय तहको निर्वाचनमा अनिवार्य आफूलाई अग्रसर बनाउन महिलाहरुलाई आग्रह समेत गर्नुभयो ।सभामुख घर्तीले भाबाङमा रहेको टेलिकम टावर, कुरेली उपाबाङमा रहेको विद्यालयमा उमावि सञ्चालन लगायतका ठाउँहरुमा समेत सहभागी जनाएको बताइएको छ ।

Post a Comment