भाद्र १३, रोल्पा । शिल्पी नाट्य समूह काठमाडौंको आयोजनामा रोल्पाको लिबाङ टुडिखेलमा ‘के लग्यो हल्काले’ शिर्षकको नाटक प्रदर्शन गरिएको छ । नेपालको सुदुरपश्चिमको संस्कार संस्कृतिसँगको सेरोफेरोमा तयार गरिएको यो नाटकको शिल्पी यात्रा देशका विभिन्न ठाउँहरुमा नाटक मञ्चन गर्दै रोल्पासम्म आइपुगेको हो ।
सुदुरपश्चिममा अहिले पनि रहेको छाउ प्रथा, महिला हिंसा न्यूनिकरण, युवावर्गको बढ्दो बैदेशिक यात्रा पछिको अवस्था, बालविवाह, बोक्सीको नाममा हुने हिंसा, यौनदुब्र्यवहार, घरेलु हिंसा लगायतका बिषयबस्तुमा आधारित रहेर नाट्य समूहले नाटक प्रदर्शन गर्ने गरेको छ ।
डडेलधुरा, डोटी, अछाम, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठान, बाग्लुङ लगायतका जिल्लामा यो नाटक प्रर्दशन गरिदै आएको नाट्य समूहले जनाएको छ ।
युवराज घिमिरेको निर्देशनमा आयोजित उक्त नाट्य समूहमा जीवन बराल, टंक टाइगर, रेणुका कार्की, बादल भट्ट, सरिता शाह, चन्दा चौधरी, रोशनकुमार मेहता, किरण चाम्लीङ, हेमन्ता एडी, सपना खड्का, प्रभाष घिमिरे लगायतका दर्जनबढी कलाकारहरुको प्रस्तुति रहेको छ ।
नाटकमा अर्पणा गुरुङ, बिमल दाहाल, गोविन्द पराजुली लगायत आधादर्जनले सहयोगीको भूमिका निर्वाह गरेका छन् । समूहले रोल्पाको अन्य स्थानमा पनि नाटक प्रस्तुत गर्ने बताएको छ ।
Post a Comment