सुनमायाँ,
तिमीलाई लोभ लालचका
क्षणिक गुलिया देखाएर
उन्मादित जवानीका सारा रङ मेटेर पनि
अझै जीवन स्वात्तै निल्न चाहन्छन् उनीहरु
चुसेर सारा अभिलाषाहरु
थुक्छन् तिमीलाई रछ्यानभरि
खिसिक्क हाँसेर सन्तुलित भई
किच्छन् रछ्यानमै तिम्रा नामका कागजहरु
जब तिमीलाई हर पाइलामा नङ्ग्याउँछन्
तब विजयका भ्रमित चेहेरा देखाएर
तिमीलाई चोरऔंला ठड्याउँदै
पटक–पटक धारेहात लाउँछन्
यस्तो इज्जत बिनाका अनुहारहरुको बीचमा
तिमी कतिदिन प्रेमिल सुगन्ध छर्छौ सुनमायाँ ?
बालसुलभमै बलात्कृत भई
खत बसेको मनको जलनलाई
उनीहरु वर्षे पहिरो भने, तिमी चुप बस्यौ
मनले इच्छ्याएका हरेक सपनाहरुलाई
उनीहरु गलत भन्दै पुरा नगर्न
फर्मान सहितको टोक लगाए
तिमी सहर्ष अङ्गिकार ग¥यौ
उनीहरुको प्रत्येक आदेशहरुमा
तिमी बेउत्तर रेतियौ
तर के पायौ ?
उही अस्तव्यस्त, मानवताहिन स्वार्थ
आखिर यस्तो जीवन कति सहन्छौ सुनमायाँ ?
एउटा आगन पाए भन्दैमा धेरै नउफ्र तिमी
त्यहाँ भर्खरै लाशहरुको विस्कुन उठाएको पनि हुनसक्छ,
गुलिया मिठाई बाँड्दैमा सर्वश्व नठान तिमी
त्यहाँ धारिला शव्दहरुको कोठी पनि तयार हुनसक्छ,
याद राख,
जिउँदै मारेर मलामी बोलाई
कागजको पुतलीसँग तुलना गर्दै
उनीहरु नाच्न दिन्छन्÷हाँस्न दिन्छन्
तर तिमीलाई नाङ्गो नाचेको
हल्ला पिट्छन् गाउँभरि
त्यसैले उनीहरुलाई अन्तिम जवाफ देऊ
यो आकाश कैदी बनेर बस्दैन भनेर
यतिसम्म उड्ने भनेर यो आकाश कसैले नापेको छैन
त्यहाँ, फैलनु र उड्नुको कुनै मापदण्ड छैन
त्यसैले बेहिच्किचावत भन्देऊ सुनमायाँ
मलाई नछेक, उड्नदेऊ यो उन्मुक्त आकाशमा
म पुरानो छैन ।
पाछाबाङ–६, रोल्पा ।
तिमीलाई लोभ लालचका
क्षणिक गुलिया देखाएर
उन्मादित जवानीका सारा रङ मेटेर पनि
अझै जीवन स्वात्तै निल्न चाहन्छन् उनीहरु
चुसेर सारा अभिलाषाहरु
थुक्छन् तिमीलाई रछ्यानभरि
खिसिक्क हाँसेर सन्तुलित भई
किच्छन् रछ्यानमै तिम्रा नामका कागजहरु
जब तिमीलाई हर पाइलामा नङ्ग्याउँछन्
तब विजयका भ्रमित चेहेरा देखाएर
तिमीलाई चोरऔंला ठड्याउँदै
पटक–पटक धारेहात लाउँछन्
यस्तो इज्जत बिनाका अनुहारहरुको बीचमा
तिमी कतिदिन प्रेमिल सुगन्ध छर्छौ सुनमायाँ ?
बालसुलभमै बलात्कृत भई
खत बसेको मनको जलनलाई
उनीहरु वर्षे पहिरो भने, तिमी चुप बस्यौ
मनले इच्छ्याएका हरेक सपनाहरुलाई
उनीहरु गलत भन्दै पुरा नगर्न
फर्मान सहितको टोक लगाए
तिमी सहर्ष अङ्गिकार ग¥यौ
उनीहरुको प्रत्येक आदेशहरुमा
तिमी बेउत्तर रेतियौ
तर के पायौ ?
उही अस्तव्यस्त, मानवताहिन स्वार्थ
आखिर यस्तो जीवन कति सहन्छौ सुनमायाँ ?
एउटा आगन पाए भन्दैमा धेरै नउफ्र तिमी
गुलिया मिठाई बाँड्दैमा सर्वश्व नठान तिमी
त्यहाँ धारिला शव्दहरुको कोठी पनि तयार हुनसक्छ,
याद राख,
जिउँदै मारेर मलामी बोलाई
कागजको पुतलीसँग तुलना गर्दै
उनीहरु नाच्न दिन्छन्÷हाँस्न दिन्छन्
तर तिमीलाई नाङ्गो नाचेको
हल्ला पिट्छन् गाउँभरि
त्यसैले उनीहरुलाई अन्तिम जवाफ देऊ
यो आकाश कैदी बनेर बस्दैन भनेर
यतिसम्म उड्ने भनेर यो आकाश कसैले नापेको छैन
त्यहाँ, फैलनु र उड्नुको कुनै मापदण्ड छैन
त्यसैले बेहिच्किचावत भन्देऊ सुनमायाँ
मलाई नछेक, उड्नदेऊ यो उन्मुक्त आकाशमा
म पुरानो छैन ।
पाछाबाङ–६, रोल्पा ।
Post a Comment