सम्झना,
एउटा प्रेमिल अतितको
विक्षिप्त आशा पालेको
एउटा सुदुर सपनाको
चमेलीको राग मिश्रीत मधुर पवन
भारी हराएको हतारुले झैं
चिट्चिट् पसिनाको सम्मुखमा गई
भाग्य धिक्कार्दै कराएको आवाज बटुल्दै
विश्रामको पलेती बिर्सिएको श्रमिकलाई पनि
जुनताराको पकडभन्दा अलि पर..बाट
सतिसाल झैं ठिङ्ग उभिएको रुख बनेर
शायद, यतिखेर
गिज्याइरहेको भान हुन्छ मलाई ।
हो, त्यहाँ मुख सुकाउँदै सहिद बाँचिरहेछ ।
कलमको सितलता ओढेर
बैसाकीले अडिएको जिजीबिषा
निमोठेर सुकाइदिए बगरेहरु
शुन्यतामा अविराम सचेतता थप्ने
मेटिनै लागेको पतझरको जीवनलाई
अमरत्वको बाटो देखाउने
एउटा सजिव कलमहरुको शिरलाई
खुलस्त हानियो बिष
तर ऊ डगेन, कडापी मरेन
बरु, उनीहरुलाई नै पश्चात्तापले नछुँदासम्म
खुशीले मन हँसाइरह्यो
अनि सोच्यो, मन हाँसे संसारै हाँस्छ
हो, हाँस्छ । हाँसिरहन्छ र हाँसिरहेछ
अनुहार मिल्नेहरुको सपना
यसरी नै निर्वाद हाँसिरहेछ ।
प्रचण्ड घामसँगै हातेमालो गर्दा
अहिले आँखाले अलि
पर परसम्म देख्न थालेका छन्
मरेकाहरुको सपनालाई
ज्यूँदाहरुले कुल्चिंदै हिड्दा
छाती पिट्दै भक्कानिरहेछ पुरानो याम
बर्षाको उन्मादमा पलाएका केही धुसीहरुले
सिङ्गै बाह्रमहिना भ्रमको बिउ रोपिरहेछन्
र दुत्कारीरहेछन् त्यो प्रेमिल हिउँदलाई
त्यही हिउँद नै हाम्रो जिजीविषा हो भनेर
कराइरहेछ, एउटा आत्मा
असारमा ज्योति हरण भएकाहरु
बाह्रैमहिना हरियो भन्दैछन् ।
हो, मैले अस्वीकृत गरेको कुरा
उनीहरु आफ्नो सिङ्गो अतित बिर्सेर
सबै याम सुगम भन्दैछन् ।
रोल्पा ।
एउटा प्रेमिल अतितको
विक्षिप्त आशा पालेको
एउटा सुदुर सपनाको
चमेलीको राग मिश्रीत मधुर पवन
भारी हराएको हतारुले झैं
चिट्चिट् पसिनाको सम्मुखमा गई
भाग्य धिक्कार्दै कराएको आवाज बटुल्दै
विश्रामको पलेती बिर्सिएको श्रमिकलाई पनि
जुनताराको पकडभन्दा अलि पर..बाट
सतिसाल झैं ठिङ्ग उभिएको रुख बनेर
शायद, यतिखेर
गिज्याइरहेको भान हुन्छ मलाई ।
हो, त्यहाँ मुख सुकाउँदै सहिद बाँचिरहेछ ।
कलमको सितलता ओढेर
बैसाकीले अडिएको जिजीबिषा
निमोठेर सुकाइदिए बगरेहरु
शुन्यतामा अविराम सचेतता थप्ने
मेटिनै लागेको पतझरको जीवनलाई
अमरत्वको बाटो देखाउने
एउटा सजिव कलमहरुको शिरलाई
खुलस्त हानियो बिष
तर ऊ डगेन, कडापी मरेन
बरु, उनीहरुलाई नै पश्चात्तापले नछुँदासम्म
खुशीले मन हँसाइरह्यो
अनि सोच्यो, मन हाँसे संसारै हाँस्छ
हो, हाँस्छ । हाँसिरहन्छ र हाँसिरहेछ
अनुहार मिल्नेहरुको सपना
यसरी नै निर्वाद हाँसिरहेछ ।
प्रचण्ड घामसँगै हातेमालो गर्दा
अहिले आँखाले अलि
पर परसम्म देख्न थालेका छन्
मरेकाहरुको सपनालाई
ज्यूँदाहरुले कुल्चिंदै हिड्दा
छाती पिट्दै भक्कानिरहेछ पुरानो याम
बर्षाको उन्मादमा पलाएका केही धुसीहरुले
सिङ्गै बाह्रमहिना भ्रमको बिउ रोपिरहेछन्
र दुत्कारीरहेछन् त्यो प्रेमिल हिउँदलाई
त्यही हिउँद नै हाम्रो जिजीविषा हो भनेर
कराइरहेछ, एउटा आत्मा
असारमा ज्योति हरण भएकाहरु
बाह्रैमहिना हरियो भन्दैछन् ।
हो, मैले अस्वीकृत गरेको कुरा
उनीहरु आफ्नो सिङ्गो अतित बिर्सेर
सबै याम सुगम भन्दैछन् ।
रोल्पा ।


Post a Comment