२६ असार, थबाङ÷रोल्पा
रोल्पा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गे पुल जिर्ण बनेको छ । जिल्लाको थबाङ गाविसमा रहेको झोलुङ्गे पुल जिर्ण बनेपछि त्यहाँका सर्बसाधारण, विद्यार्थी, बालबालिकाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । गाविसको बीचमा पर्ने पुलमा दैनिक सैयौको संख्यामा सर्वसाधारण आवत जावत गर्ने गर्दछन् । यसरी पुल जिर्ण हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्ने गरेको स्थानीयको भनाई छ ।

पुनर्निमाणका लागि थबाङ गाविसबासीहरुले २२ पटकसम्म सम्बन्धित निकायमा माग गरे पनि अहिलेसम्म कुनै सुनुवाई हुन नसकेको उनीहरु बताउँछन् । झण्डै २ सय मिटर लामो उक्त पुल पार गर्न ३ मिनेट बढी समय लाग्ने गर्दछ । पुल पुनर्निमाणका लागि गरिएको माग गाविस र इलाका परिषद्बाट सहजै पास हुने भए पनि अन्ततः जिल्लामा आएर अल्झिने गरेको स्थानीय अमित घर्तीमगरले बताए ।
विभिन्न समयमा जिविसमै आएर माग गर्दा पनि वास्ता नगरेको घर्तीको आरोप छ । पटक पटक फोटो, कागजपत्रसहित जिल्ला विकास समितिमा आएपनि खर्च धान्न नसक्ने भन्दै टार्ने गरेको घर्तीले सुनाए । जिल्ला विकास समितिले गर्न नसके पनि सरोकार राख्नुपर्ने घर्तीको माग छ ।
गाविसको वडा नं. ६, ७ र ८ का बालबालिका विद्यालय अध्ययन गर्न आउँदा लठारोमा झुण्डिएर वारपार गर्ने गर्दछन् । दैनिक एकसय बढि विद्यार्थी आवत जावत गर्ने पुल जिर्ण हुँदा अभिभावक पनि चिन्तित हुने गरेका छन् । विद्यालय अध्ययन गर्न गएको आफ्नो बालबालिका घर फर्कने हो कि होइन भनि दिनभर चिन्ताले पिरोलीरहेको थबाङ–७, मरन्थानाकी धनकुमारी रोकाले बताइन् । धनकुमारी जस्तै सोही गाउँका कोइजबाङका आशे कामीको पनि यस्तै चिन्ता छ । वर्षाको समयमा झनै धेरै समस्या हुने उनीहरु बताउँछन् ।
झण्डै ३१ बर्ष पहिले स्वीस एमबिसिले बनाइदिएको उक्त झोलुङ्गे पुल जिर्ण बनेपछि दैनिक सयौँ वारपार गर्ने व्यक्तिहरु जोखिम मोल्न बाध्य छन् । गतवर्ष मात्र पुल जिर्ण भएकै कारण खोला टर्ने क्रममा थबाङ–७, का स्थानीय सर्वधन रोकामगरको खोलाले बगाएर मृत्यू भएको थियो । बर्षाको समयमा खोला वारपार गर्ने एकमात्र बिकल्पको रुपमा रहेको उक्त पुल प्रत्येक वर्ष समुदायले पैसा उठाउँदै काठ फेरेर चलाइरहेका छन् । यो वर्ष फेरेको काठले अर्को वर्ष नधान्ने अर्का स्थानीय सम्राट रोकाले बताए । बजेट कम हुँदा उत्तिस जातको कमसल काठ प्रयोग गर्नु पर्ने बाध्यता रहेकोले बर्षेनी काठ फेर्नु परेको रोकाको दुखेसो छ । कमसल काठ प्रयोग गनाले बर्षेनी काठ फेर्नु पर्ने बाध्यता छ । गतवर्ष काठको ठाउँमा मंसिरभित्र फलाम राखिदिने भनेर जिविसले आश्वासन दिए पनि केहि नगरेको थबाङबासीको गुनासो छ । पुल पुनःनिर्माण नहुँदा विद्यार्थीहरु सबैभन्दा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् ।
निश्चित मिटरभन्दा लामो भएपछि जिल्लाले नगरेर झोलुङ्गे पुल सहयोग निर्माण इकाई टिबिएसयु नेपालगञ्जले हेर्ने जिल्ला विकास समितिका सूचना अधिकारी रामकुमार न्यौपानेले बताए । तर टिबिएसयुले डिजाइन गरिसकेपछि एसबिडिले कार्यान्वयनमा लैजाने भनि जिल्ला प्राबिधिक कार्यालयसँग गतबर्ष समझदारी भएको जिल्ला प्राबिधिक ऋषिकेश अधिकारीले बताए । तर टिबिएसयुले पुलको डिजाइनबारे प्रतिवेदन जिल्ला प्राबिधिकलाई अझै नबुझाएको अधिकारीको भनाई छ । एकसय २० मिटरभन्दा माथिको झोलुङ्गे पुल जिल्लाले नगर्ने हुँदा टिबिएसयुले डिजाइन रिपोर्ट बुझाएपछि एसबिडिले कार्यान्वय गर्ने भने पनि यसबारे सम्बन्धित निकाय बेखबर रहेका छन् ।
जिल्लामा झोलुङ्गे पुल निर्माण, पुनःनिर्माण, मर्मत सबैमा नियमित एक करोड बजेट आउने गरेकोमा यसबर्ष एक करोड ७५ लाख बढी बजेट आएको थियो । जिल्लाका १ सय पैसठ्ठी पुलमा ३ हजारका दरले नियमित मर्मत तर्फ खर्च गर्दै आएकोमा यो बर्ष त्यो पनि खर्च नभएको जिविसले बताएको छ । यसबर्ष नयाँ पुल २० वटा बन्दै गरेका छन् । जिल्लाका विभिन्न ठाउँमा पुल जिर्ण हुँदा रोल्पाली जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । बर्षा लागेसँगै कसरी वारपार गर्ने भन्ने चिन्ताले रोल्पालीलाई पिरोल्ने गरेको छ ।

Post a Comment