जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

शान्तिको कामना

0 comments

देशले मूस्लो निभेर बनेको खरानीको धुलोभित्रै
आँसुको सागर उठाइरहेको बेला
पहाडले सितलता उमार्छ भन्दै
सुस्केरामा जीवन काटिरहेको बगरलाई
मुलै सुकाइदिने सिंहदरबारको कुरा के गर्नु ?
आँधीहुरी पन्छाउँदै सतिसालभई उभिएपनि
बाँसुरी बजाएर बस्ने यो सडकको कुरा के गर्नु
राजधानीका ठूला घर पनि नाङ्गो छन्
थबाङले जिउभरि वस्त्र ओढेर के भो
माडिले असरल्ल छरिएका लासका बस्तीमा
अनेक ‘क्रान्ति’का सिरानी विछ्याएर के भो
एक अञ्जुली सितलता छर्नेको नाममा
कहिल्यै नमेटिने खत उप्किन्छ भने
कथित क्रान्तिका मुकुण्डोहरुले
आगन बनाएको हाम्रो गाउँ
फगत छ फेरिफेरि महिसासुर बन्नु ।

अचेल, जलजला पुरानो छैन
मेलगैरी र गुम्चालहरु
काठमाडौंको फर्मानमा चल्छन्
सिंहदरबार ह्वाइट हाउसबाट चलेजस्तै
बुद्धनगर, बल्खु र पेरिसडाँडाहरु
दिल्लीबाट बोलेजस्तै
अलौकिक छन् हाम्रा पाइला
विगतलाई स्वात्तै निल्ने
हाम्रो आगत स्वार्थको टुप्पोमा छ
अनि कसरी उडाउँछ पुरानो सपना ?
त्यसैले व्यर्थ छ,
फेरिफेरि उन्मादमा उही सपना फूलाउँछु भन्नु ।

सगरमाथालाई उछिनेर
गर्व गर्ने हाम्रो सपना ढलेको हो ?
सगर छोएर आजादी भर्न खोज्दा
सगरमाथामा कुहिरो नै अरुले चलाइदिएपछि
हामी बाध्यतामा खाडीसँग मिल्यौं
श्रीअन्तुमा पोखिने घाममाथि नै शंका छ अचेल
हामीले आफ्नो सोच्दैनौं आफैमाथिको आकाश
अरुले सिकाइदिनुपर्छ ‘तेरो हो’ भनेर
यसको मतलव,
के अब हामी सकियौं ?
के हामी खुकुरीको धारमा हिड्न विर्सियौं ?
होइन, किमार्थ होइन
लाशका विस्कुन पहिरिएका यी आगन
विजयका उन्माद अंगालेका यी ‘सिज’का सन्तान
सेलाएका छैनन् अझै
निदाएका छैनन्÷थाकेका छैनन्
तर असन्तुष्ट छन् सिंहदरबारसँग
विभाजित छन् बुद्धनगर, बल्खु र पेरिसडाँडाहरुसँग
र सवक सिकाउँदै औंला उठाइरहेछन् एकएक
हामीले चाहेको मुर्दा शान्ति होइन
हामीले खोजेको बुख्याँचाहरुको तामझाम होइन
दिगो, वास्तविक र सबैसबैले चाहेको
सच्चा शान्ति, सधैसधैको÷सबैसबैको
नयाँ संविधान सहितको शान्ति ।
२०७१ फाल्गुन, लिबाङ
नौलो जनउभार (दाङ) मा प्रकाशित
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger