सोझो रुख बालेर आगो सेक्छन् त्यहाँ
जून झारेर उज्यालो बस्ती रोप्छु भन्नेहरुलाई
बाटैभरि ऐठन पारिदिन सिपालु छन् तिनीहरु
सीमाहिन आकाश नाप्न हिडेका कैयौंलाई
पखेटा काटिदिएर बगर बनाउन माहिर छन्
त्यही वगरमा तड्पाउँछन् हामीलाई
र हाँस्छन् अट्टहास छोडि
मानवतालाई घोडा बनाई
विषको खेती सिंचिनेहरुको वीचमा
तिम्रो अस्थित्व कसरी उज्यालिन सक्छ
त्यसैले फर्क,
त्यो राजधानी तिम्रो होइन ।
आफ्नै आँसु र पसिनाको बाटो बनाई
जीवनका असिमित चाहना बोकी
पुग्छन् कैयौं निस्कपट श्रमहरु त्यहाँ
उचित मुल्यको आशमा
असमानताका खाडलहरुमा घोलिन्छन् बेस्सरी
जून झार्ने सपनाको ठूला विछ्यौना बनाई
सधैसधैको लागि उतै आँखा चिम्लिने
ओ मेरो साथी
उसले त तिम्रो अमुल्य सम्पत्तिलाई
कहिल्यै नभेटिने कुहिरोमा मिसाइदिन्छ
आँसु र पसिनाले उघारेको गगन ढाकी
श्रमको मुल्य खोज्न खाडीतिर सिकाउँछ
त्यसैले, फर्क अब यतै
किनकी, त्यो राजधानी तिम्रो होइन ।
अधिकारसँगको हाम्रो दुरीलाई
पुस्तौंदेखि गुमनाम बनाउँदै
आजादीको संकल्पमा निस्केका
मान्छेहरुको बोली समेत सुकाउने
उखेलौं त्यो सिंहदरबार
चिथोरौं त्यो पुरानो राजधानीलाई
बनाऔं सबैसबैको आफ्नो राजधानी
हाम्रै श्रम र पसिनाको राजधानी
फर्क साथी यतै आउ
बनाऔं हाम्रो आफ्नै राजधानी ।
किनकी त्यो राजधानी तिम्रो होइन ।
२०७१ माघ २५ लिबाङ, रोल्पा
(फाल्गुन २ गते युगबोध सौगातमा प्रकाशित)
जून झारेर उज्यालो बस्ती रोप्छु भन्नेहरुलाई
बाटैभरि ऐठन पारिदिन सिपालु छन् तिनीहरु
सीमाहिन आकाश नाप्न हिडेका कैयौंलाई
पखेटा काटिदिएर बगर बनाउन माहिर छन्
त्यही वगरमा तड्पाउँछन् हामीलाई
र हाँस्छन् अट्टहास छोडि
मानवतालाई घोडा बनाई
विषको खेती सिंचिनेहरुको वीचमा
तिम्रो अस्थित्व कसरी उज्यालिन सक्छ
त्यसैले फर्क,
त्यो राजधानी तिम्रो होइन ।
आफ्नै आँसु र पसिनाको बाटो बनाई
जीवनका असिमित चाहना बोकी
पुग्छन् कैयौं निस्कपट श्रमहरु त्यहाँ
उचित मुल्यको आशमा
असमानताका खाडलहरुमा घोलिन्छन् बेस्सरी
जून झार्ने सपनाको ठूला विछ्यौना बनाई
सधैसधैको लागि उतै आँखा चिम्लिने
ओ मेरो साथी
उसले त तिम्रो अमुल्य सम्पत्तिलाई
कहिल्यै नभेटिने कुहिरोमा मिसाइदिन्छ
आँसु र पसिनाले उघारेको गगन ढाकी
श्रमको मुल्य खोज्न खाडीतिर सिकाउँछ
त्यसैले, फर्क अब यतै
किनकी, त्यो राजधानी तिम्रो होइन ।
अधिकारसँगको हाम्रो दुरीलाई
पुस्तौंदेखि गुमनाम बनाउँदै
आजादीको संकल्पमा निस्केका
मान्छेहरुको बोली समेत सुकाउने
उखेलौं त्यो सिंहदरबार
चिथोरौं त्यो पुरानो राजधानीलाई
बनाऔं सबैसबैको आफ्नो राजधानी
हाम्रै श्रम र पसिनाको राजधानी
फर्क साथी यतै आउ
बनाऔं हाम्रो आफ्नै राजधानी ।
किनकी त्यो राजधानी तिम्रो होइन ।
२०७१ माघ २५ लिबाङ, रोल्पा
(फाल्गुन २ गते युगबोध सौगातमा प्रकाशित)
Post a Comment