जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

कविताः सपना खोसिएको तालचरी

0 comments

  • नवीन लोचनमगर
लुटिँदै एक–एक गरि
थुटिँदै पल–पल भरि
सिन्को जस्तै मिचिएको
साँघुरो सपना लिएर
सुइयो झैं निखारिएको
अमिलो कल्पना बाटेर
एकथान तालचरी
मुटु पिँथ्युमा बोक्दै
आस्था पाउमुनि कुल्चदै
उडे, उडाइए र उडीरहे
भुर्र भुर्र, कर्याङ्–कुरुङ्
बिक्षिप्त योजना कुडाउँदै
एकतमासले उडे
केही बेर पर..प..रसम्म ।

समयको कालो फर्मानले
दागिँदै हरेक भविश्यहरु
हिमकुहिरोका कसिलो हावाले
बाङ्गीदै प्रत्येक स्वार्थहरु
उडे, उडाइए र उडिरहे
कोरिएको सिमित घेराहरुमा
नसकिँदासम्म मनमा तृष्णा
नमासिँदासम्म सभ्यताको आँकुरा
रमिते बने, बनाइए र बनिरहे
लछप्पै ओढेर समयका बाछिताहरु
कान थुन्दै र क्रन्दनहरु निमोठ्दै
स्याँउ स्याउँती उडे बाजहरु
निभाएर सभ्यताका दियोहरुलाई
थमाइदिए सबै बाध्यता
मेटिए, मेटाइए र मेटिँदै गए
बिस्तारै उज्याला बाटाहरु
ओझिए अगेनाका सबै अगुल्टाहरु
अनि, ताप सेलाएर श्राप ओढाइयो
सपना मेटाएर रन्जना थमाइयो
चारैतिर अतृप्त चाहानाहरु
फसाएर भनियो
शोकका दैत्यहरु यीनै हुन्
त्यसपछि सजिलै यस्तो आयो समय
हुलबाट टुक्रा–टुक्रा पार्दै लग्यो हावाले
कसैलाई भन्यो तिम्रो छाला फरक
कसैलाई सोच्यो तिम्रो चाला फरक
सक्छौ भने निकुञ्ज नामको पिँजडामा जाउ
नत्र तिमी आफु जन्मेकै पखेरोमा जाउ
यही उर्दीसँगै सबै सपना समाप्त भएको
घोषणा गरे सबैले र फर्किए चारैतिर
कोही अर्कैको जस्तो लाग्ने त्यो पहरातिर
कोही बिक्षिप्त देखिने सल्लेरी घारीतिर
साँच्चै ती सबै तालचरी
अचेल, कहाँ, के सोच्दा हुन् ?
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger