जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

रोल्पामा पनि स्वर सम्राट नारायण गोपालको सम्झना ...

0 comments




स्वर सम्राट नारायण गोपालको २५ औं स्मृतिमा रोल्पामा नारायण गोपालका गीतहरु गुञ्जिएका छन् । जिल्लाका केही उत्साहित युवा गायकहरुले नारायण गोपालका चर्चित गीतहरु सुनाएका हुन् । शनिबार लिबाङको वाचानालयमा आयोजित कार्यक्रममा नवीन लोचनमगर, सागर अविरल जिसी, कर्ण खड्का र अमरजित पुनमगरले नारायण गोपालका विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

 त्यस्तै कोमलसरी जिसी र लोक आलोकले समेत गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्वर सम्राट नारायण गोपालको तस्वीरमाथि टिका लगाई श्रद्धाञ्जली गरिएको थियो । हार्मोनियम र गीतारको माध्यमबाट प्रस्तुत गरिएका नारायण गोपालका कालजयी गीत सुन्न जिल्लाका कलाकार, साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । 


गायकहरुले नारायण गोपालका ‘एउटा मान्छेको ...., म त लाली गुराँस भएछु ..., दुइटा फूल देउरालीमा..., केही मिठो ..., पर्खिबसेँ ..., यति धेरै ..., झरेको पात ..., वनै खायो डढेलोले ...’ लगायतका थुप्रै गीतहरु सुनाएका थिए । कार्यक्रममा सहभागिहरुले यसप्रकारको कार्यक्रमले पूराना स्रष्टाको सम्मान हुनुका साथै कलाकारहरुमा नयाँ जागरण आउने प्रतिक्रिया दिएका थिए ।



Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger