जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

‘स्टोवेरी’ उत्पादनबाट ७२ वर्षे बृद्धको दैनिक १५ सय कमाई

0 comments


बैशाख १४, रोल्पा ।
आजभोलि रोल्पा सदरमुकाम लिबाङमा ‘स्टोवरी’ (भूँइलिची) बेचिरहेका एक बृद्ध भेटिन्छन् । झोलामै अटाउने तराजुमा हेर्दै खाउँ खाउँ लाग्ने भूँइलिची तौलिरहेका बृद्धका वरिपरि विद्यार्थी केटाकेटीहरु झुम्मिएका देखिन्छन् । ‘कसरी हो ?’ ‘२५ को १०० ग्राम’ सोध्न नभ्याउँदै जवाफ तयार बनाएका उनी जसलाई पनि फ्याट्ट उत्तर दिन्छन् ।

धबाङ–६, धाङ्सीबाट अढाई घण्टाको बाटो हिडेर सदरमुकाम लिबाङमा भूँइलिची बेच्न आउने भिउराज बुढाको दैनिकी आजभोलि धबाङ–लिबाङ गर्दैमा वित्छ । उमेरले ७२ वर्ष पुगिसकेका भिउराज अझै हिम्मतिला देखिन्छन् । भन्छन् ‘नेपाल खाइसकेको मान्छे पो हुँ ।’ आफूले उत्पादन गरेका विभिन्न फलफूल बेच्न उनी बैतडी, जुम्ला, मुस्ताङहुँदै इलामसम्म पुगेका छन् । त्यतिमात्र होइन भारतको विभिन्न ठाउँमा समेत कामको शिलशिलामा पुगिसकेको उनी बताउँछन् ।

‘ढकिया’भरि भूँइलिची बोकेर एकाबिहानै लिबाङ झर्ने भिउराजले दैनिक १५ सय माथिको व्यापार गर्छन् । उनकाअनुसार मासिक ४५ हजारसम्मको कमाई हुन्छ । भारतको हिमाञ्चल प्रदेशबाट ल्याएका भूइँलिचीबाट आफ्नै बारीमा अहिले हजारौं बोटको खेती गरिरहेका छन् । ‘५ बोट लिएको हुँ, एकैचोटी १ सय १२ बोटमा फैलियो ।’ हसिलो चेहेरा बनाउँदै उनले भने । दुईवर्षदेखि भूइँलिची उत्पादनमा लागेका देउराजको अहिले तीनवटा बारीभरि विरुवा छन् ।

भिउराज बुढा स्थानीय हरियाली अलैची कृषक समूहमा समेत आवद्ध छन् । ‘समूूह मार्फत् कृषिबाट पनि केही सल्लाह लिने गरेको छु’ उनले भने ‘तर औपचारिक तालिम भने लिएको छैन ।’ भिउराजलाई मान्छेहरुले परिश्रम गर्न डराएकोप्रति थकथक लाग्छ । ‘ढाँटेर, छलेर, लुटेर मात्र मान्छेले पैसा कमाउन खोज्छन् । श्रम गर्नुपर्छ, श्रम ।’ भूँइलिची किन्नेहरुको भीड अलि कम भएपछिको व्याख्या हो यो उनको । उनी अझै थप्छन् ‘यो ठाउँ भनेको बोटविरुवा, फलफूल उत्पादन हुने ठाउँ हो । तर मान्छेहरुलाई थाहा छैन ।’

१ छोरा र १ छोरीमध्ये छोरी स्थानीय भनभने विद्यालयका स्थायी शिक्षिका छिन् भने छोरा कृषक । एकै छोरासँग समेत छुट्टीएर अलग्गै बसिरहेका भिउराजको मुख्य पेशा खेती किसानी नै हो । ‘बुढी छ, गोरु भैंसी पालेको छु’ उनले भने ‘बुढेसकालमा पनि आफै बारी जोत्छु ।’ यसका अलवा उनले अलैची खेती समेत गरेका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोर प्रसाद पन्तले कृषकहरु कसैले चाहेमा आफूहरुले फलफूल तथा अन्य बिरुवाहरु निःशुल्क उपलब्ध गराउने बताए । बजेट पर्याप्त भए पनि कृषकको चासो कम भएको उनको भनाई छ ।

२००१ सालमा जन्मिएर उमेर ढल्किसकेको अवस्थामा पनि आफ्नै परिश्रममा रमाउने भिउराज ‘विदेशी गाउँ’का युवाहरुका लागि उदाहरण हुन् । अहिले गाउँपिच्छे ‘परदेशी युवा’ भेटिन्छन् । ‘कालापार’ (भारत)मा पसिना बगाएर पनि नथाकेका भिउराजलेजस्तै विदेशमा भौंतारिरहेका युवाहरुले पनि सिक्न जरुरी छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger