जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अब रोल्पाबाट पनि सुपर डिलक्स गाडी सञ्चालन

0 comments

बैशाख ११, रोल्पा ।
जलजला यातायात व्यवसायी समिति रोल्पाले यात्रुको चापलाई मध्यनजर गर्दै सुपर डिलक्स बस सञ्चालन गर्ने जनाएको छ । समितिले ६ महिनाभित्रै १० वटा सुपर डिलक्स बस ल्याउने यसअघि नै निर्णय गरिसकेको छ । जसअनुसार यसै महिनाभित्र सबै बस रोल्पा आइसक्ने जलजला यातायात व्यवसायी समितिका कार्यालय प्रमुख धर्मेन्द्र कुवरले जानकारी दिनुभयो ।

समितिले गरेको निर्णयअवधिमै ती बसहरु नल्याएमा टोकन समेत खारेज हुने भएकोले अनिवार्य लिइने प्रमुख कुवरले बताउनुभयो । उक्त डिलक्स बसमा वाइफाई सिस्टम, कुलर, फ्यान, मोबाईल चार्ज लगायतका सुविधा रहेको जलजला यातायात व्यवसायी समितिको लिबाङ बुकिङ इन्चार्ज कर्ण पुनमगरले बताउनुभयो । अन्य गाडी पनि बुक भइसकेको र वडी निर्माणको कार्य भइरहेको पुनमगरले जानकारी दिनुभयो ।

अहिलेसम्म केही बस रोल्पा आइसकेको र ती बस रेउघा–काठमाडौं रात्री सेवाको लागि सञ्चालनको तयारीमा रहेको इन्चार्ज पुनमगरले बताउनुभयो । बढ्दो यात्रुको चाप तथा आधुनिक प्रविधिको विकास र यात्रुहरुको मागसँगै सुपर डिलक्स बस सञ्चालनमा ल्याइएको जलजला यातायात व्यवसायी समितिले जनाएको छ ।

अन्य जिल्लाजस्तै रोल्पामा पनि सुविधायुक्त बस सञ्चालन हुन थालेपछि यात्रुहरु हर्षित भएका छन् । गर्मीको मौसममा लामो यात्रा गर्दा कष्टकर र शारिरीक अस्वस्थता हुने कार्यबाट मुक्ति पाइने भएपछि यात्रुहरु खुशी भएका हुन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger