जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

गाउँमा हाहाकार, सदरमुकाममा पानी भर्न पालो

0 comments


१० बैशाख, रोल्पा ।
गर्मी याम सुरु भएसँगै रोल्पाका विभिन्न ठाउँमा खानेपानीको हाहाकार देखिएको छ । सदरमुकाम लिबाङदेखि ग्रामीण क्षेत्रसम्म पानीको हाहाकार देखिएको हो । पश्चिम रोल्पाको पाछाबाङ गाविसअन्तर्गत जरेनी, सिजाखोला, हलहले, बसुन्धारा लगायतका गाउँहरु पानीको अभावमा छटपटिन बाध्य छन् ।

त्यस्तै सोही गाविसको सुपेकुना, राक्सेबाङ लगायतका स्थानमा पनि पानीको हाहाकार भएको स्थानीय सुन्दर डाँगीले बताए । पाछाबाङको गाविस भवन रहेको राक्सेबाङमा पानीको अभाव हुँदा गाविसको कामकाजमा प्रभाव पर्नुका साथै स्वास्थ्यचौकी, इलाका प्रहरी कार्यालयमा समेत समस्या परेको गाविस सचिव चन्द्र शर्माले बताए ।

त्यस्तै दक्षिणी रोल्पाको जौलिपोखरी, मसिना, होलेरी, दहबन लगायतका क्षेत्रमा पनि पानीको हाहाकार छ । पानीका मुहान सुक्दा घण्टौं हिडेर पानी लिनुपर्ने बाध्यता रहेको होलेरी बजारका व्यवसायी बताउँछन् । उता पूर्वी रोल्पाको गाम, उवामा पनि पानीको समस्या देखिएको बताइएको छ ।

जिल्ला सदरमुकाम लिबाङमा दैनिक साँझ बिहान पाइपबाट एकघण्टा आउने पानीलाई जम्मा गरी त्यसैबाट दिन गुजार्नुपर्ने बाध्यता रहेको व्यवसायी भवानसिंह बुढाले बताए । ‘आफ्नो धारामा पानी आउँदैन अर्काको घरमा गएर पानी भरेर ल्याउँदा कहिलेकाँही झगडै हुन्छ’ स्थानीय रमिता रानाले भनिन् ‘हाम्रो समस्या सुनिदिने कोही छैन ।’ यता लिबाङ बजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मानबहादुर खत्रीले भने गर्मी मौसमसँगै पानीको पर्याप्तता सबै स्थानमा हुन नसक्नु दुखद् भएको बताए । सदरमुकाम लिबाङका घरघरमा रहेका पाईप लाईनहरु अब्यवस्थित र अनियन्त्रित हुनु नै मुख्य समस्या भएको उनले बताए । ‘ठूलाठूला महल बनाउनेले एउटा पाइप पनि जमिनमा गाड्न सक्दैनन्’ खत्रीले भने ‘आफैले प्रयोग गर्ने पानी पनि अरु आएर गरिदिनुपर्छ ।’ विविध समस्याका बाबजुद पनि पानीलाई व्यवस्थित गर्न आफूहरु लागिरहेको उनले बताए । नगरपालिका क्षेत्रमा पाइपहरु जथाभावी छरिएका प्रशस्त भेटिन्छन् ।

सदरमुकाम लिबाङ नगरपालिकाकै सातदोबाटो डाँडामा पानी लिफ्ट सिस्टमबाट चलाईरहेको र पानीको बहाव कम भएका कारण गर्मी मौसममा समस्या हुने गरेको स्थानीय चुर्मा बिष्टले बताइन् । ‘घण्टौं लाईन बसेर पानी भर्नुपर्छ’ उनले भनिन् ‘त्यै पनि कहिले त पालो नै आउँदैन ।’ लिबाङकै खेवाँसे गाउँमा पनि पानीको समस्या देखिएको छ ।

पानीको प्रशस्त सम्भावनाहरु भएपनि त्यसलाई उपयोग गर्ने कुरामा सचेतना आवश्यक रहेको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय रोल्पाका फोकल पर्सन डिल्लीराज न्यौपानेले बताए । जथाभावी वन फडानी गर्ने, पानीको मुहानलाई उचित व्यवस्थापन नगर्नेजस्ता कार्यले पनि यस्तो समस्या देखिएको उनले बताए । अव्यवस्थित बस्ती बसाइको कारण पनि पानीको समस्या देखिएको उनले बताए ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger