जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

म को हुँ

2comments

कसलाई सोधुँ ?
चुड्कीको भरमा हिड्नु पर्ने
इशारामा चल्नु पर्ने
आदेश अर्कैको÷काम अर्कैको
आफ्नो बैस अर्कैको÷दिनरात अर्कैको
माम पाउन हात थाप्नुपर्ने
चेत अचेत नाम आए ढल्नैपर्ने
साँच्ची, म को हुँ ?

अध्याँरोमै पैसामा इमान साटिने
कसैले भन्छन् तृष्णायुक्त माल
जसले जता हु¥याएनी हुने
कसैले भन्छन् तीर छल्ने धाल
सेतो पानामा रङ्गी बिरङ्गी कलम नाचे झैं
कसैले भन्छन्
भुइमा बिछ्याएर नाचिने अनेक ताल
भेटिएकाहरुको भोगाइमा सधै सधै
मेरो परिभाषा फरक
भन्देउ न मेरो वास्तविकता
कोही त भन, म को हुँ ?

सबैले जाती भन्थे पहिले
निसंकोच ज्यूज्यान सुम्पन्थें
हौंस्याउथे सप्पैजना ठिकै हो भन्थे
मेरो तनको शिथिलतामा
बैमत्त उफ्रन्थे नाचको चाल फेर्दै
जब बासना सकिन्थ्यो मेरो तनमा
घृणित देखिन्थे सबका चेहेरा
अहिले फुल ओइलाउदै गयो
जोबन सेलाउँदै गयो
मेरो बैसलाई बन्दकी राखेर उव्जाएको पैसाले
साहुको धन बलियो भयो
तर बढ्दै गयो बेवास्ता म माथि
काला कर्टुटका सज्जन भनिएका बुटहरु
बेवारिसे सडकमा झैं बज्रिन थाले
पहिले गल्ली गल्ली÷कुना कुना खोज्थे मलाई
अहिले सडक पेटीमै पल्टिएपनि
किमार्थ, वास्ता छैन कसैको
कसैले भन्छन् त चाउरी, ऐजेरु, भुस.....
किन समय अनुसार मेरो परिभाषा फरक
साँच्ची, म को हुँ ?

कुन परिभाषा सही मानु
कसैले भन्छन् तँ बेश्या होस्
त्यसैले मूल्य घट्यो
कसैले भन्छन्
तँ एक राजनीतिक कार्यकर्ता होस्
त्यसैले समयले अन्यौलता र निराशा फैलाइरहन्छ
कसैले भन्छन्
तँ सेलाएको अतित होस् बर्तमान अर्कैको भैसक्यो
कसैले भन्छन् तँ असली मानव होस्
त्यसैले समयको माग अनुसार
चुनौतिपुर्ण आदेश आइ नै रहन्छ
सबैका सोचाई फरक, बुझाई फरक
बेश्या, राजनीतिक कार्यकर्ता,
सेलाएको अतित, असली मानव
आखिर म को हुँ ?
–पाछाबाङ–६, रोल्पा ।

Share this article :

+ comments + 2 comments

October 30, 2013 at 11:50 AM

Nice Sir

July 6, 2014 at 12:17 PM

मन छुने पठनिय मननिय मीठो कविता

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger