जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

राज्यले उपेक्षा गरेको यातायात व्यवसायीको गुनासो

0 comments

साउन ३२ रोल्पा । राज्यले यातायात व्यवसायीलाई अपहेलना गरेको जलजला यातायात व्यवसायी समिति रोल्पाका अध्यक्ष तेजविक्रम रावतले बताउनुभएकोे छ । आईतबार जिल्लाका पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा अध्यक्ष रावतले यस्तो गुनासो गर्नुभएको हो । राज्यलाई सबैभन्दा बढी कर तिर्ने संस्था यातायात व्यवसायी भएता पनि राज्यले यसक्षेत्रलाई हेर्ने नजर बेग्लै रहेको उहाँको भनाई थियो । नेपाल राष्ट्रिय यातायात महासंघ अञ्चलको कोषाध्यक्ष समेत रहनुभएका रावतले देशभरिका यातायात व्यवसायीहरुको हकहितका लागि उनीहरुलाई आवश्यक प्रशिक्षण लगायतका गतिविधिमा राज्यले सहायता गर्नुपर्ने बताउनुभयो । 

आईतबार जलजला यातायात व्यवसायी संघ रोल्पाको आफ्नै कार्यालयमा भएको पत्रकार भेटघाटका क्रममा अध्यक्ष रावतले भदौ महिनाबाट सुलिचौर हुँदै नेपालगञ्जका लागि दुईवटा गाडी थप गर्ने समेत उद्घोष गर्नुभयो  । सनराईज यातायात समितिसँगको साझेदारीमा उक्त यातायातका साधनहरु सञ्चालनमा आउने समेत उहाँले बताउनुभएको हो । यात्रुहरु र सेवाग्राहीको मागअनुसार दुई समितिबीच शान्तिपूर्ण वातावरणमा गरिएको छलफल पश्चात उक्त निर्णयमा पुगेको उहाँले बताउनुभएको हो ।

यातायात समितिले अबदेखि गाडीका स्टाफहरुलाई पनि अनुशासन सम्बन्धीका तालिमहरु दिने निर्णय गरेको जानकारी दिनुभयो । २०६४ सालदेखि सञ्चालनमा आएको जलजला यातायात व्यवसायी समितिले रोल्पालीको सेवाका लागि सदैव खटेर लागिपरेको अध्यक्ष रावतले बताउनुभएको हो । हाल समितिले जिल्लाका विभिन्न स्थानमा १ सय ३ गाडी सञ्चालनमा ल्याउनुपर्नेमा ९६ सञ्चालमा ल्याएको र बाँकी तयारी हालतमा राखेको समेत बताउनुभयो । हाल समितिमा ३१ जना कर्मचारीहरु रहेका छन् । 

यातायात क्षेत्रमा हुने विभिन्न विकृतीलाई न्यूनीकरण गर्नका लागि समितिले दुई पटकसम्म सचेतनामूलक कार्यक्रम एवम् प्रशिक्षण समेत सम्पन्न गरेको बताएको छ । ग्रामीणभेगमा अहिले यातायातका साधनहरु नपुगीरहेको अवस्थामा समितिबाट सरसल्लाह गरेर नयाँ गाडीहरु थप गर्ने समेत अध्यक्ष रावतले बताउनुभयो । यातायात क्षेत्रमा हुने बिकृति एवम् बिसंगतीलाई न्यूनीकरण गर्दै सभ्य यातायात क्षेत्रको विकासतर्फ सबै लाग्नका लागि समितिले अभियानको थालनी गर्ने निर्णय गरेका छन् । कुण्डले मुन्द्रे, फटाहा गर्ने युवाहरुको जमात यातायात क्षेत्र रहेको सर्वसाधारणको बुझाईलाई अन्त्य गर्नका लागि अब देखि समितिले नयाँ बहस थाल्ने समेत निर्णय गरेको बताएको छ ।

कार्यक्रमको सञ्चालन समितिका कार्यालय प्रमुख धर्मेन्द्र कुँवरले गर्नुभएको थियो भने स्वागत मनतव्य समितिका उपाध्यक्ष लिलबहादुर घर्तीले दिनुभएको थियो । पत्रकार भेटघाटमा जिल्लाका विभिन्न मिडियामा आवद्ध पत्रकारहरु र समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger