जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

समय

0 comments

कपाल भिजाउँदै छानोबाट
टप्–टप् झरिरहेछन् घामका थोपा
लुथ्रुक्क भिजेका छन्
बलेन्द्रीले समयहरु
किंकर्टव्यबिमुध छ मौसमयहाँ घाम झरिरहेछ वा पानी परिरहेछ
मलिन अनुहारमा छ समय
तापवान नाच्दैछन् हुरी र बतासहरु
चुकुल ठोकिएका छन् कोठाहरुमा
चिच्याहत छ स्वतन्त्रताको
भागिरहेछन् बेमतलव आवाजहरु
तर स्थायी छ धोकामा समय
बाहिर दबदबा छ घामको
पछ्याइरहेछ समयलाई
हृदयबिदारक छ चित्कार
लौन, बाछिताले कुरुपता देखायो ।

अनपेक्षित बनीरहेछ मौसम
धमिलिएको छ प्रकाश
प्रचण्ड धुप झन् डर्किरहेछ
यहाँ समयको कन्टबिजोग भएको छ
दर्शन, आदर्श, आस्था सब नटमस्टक
पोखिएका छन् छताछुल्ल
समयको चाह दबाउँदै
थुप्रै घामका झुल्काहरु ।
तातिरहेछ मौसम
नखरमाउलो बढिरहेछ उकुस मुकुस
बिभत्स हुुँदैछ समय
एकतमासले लम्पसार छ तापक्रम
हानथाप छ मौसमको –घामसँग
मध्यस्थता छैन कसैको
बरु जलाउन सघाइरहेछ आकाश
आवश्यकता होइन घामको ज्यादति
घाम र मौसमको छेद्खानीमै
यति धेरै समय व्यर्थै सकिएछ ।
(नौलो जनउभार साप्ताहिकमा प्रकाशित)


Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger