जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

चलचित्र ‘रोल्पा रोग’को फस्टलुक सार्वजनिक

0 comments


कार्तिक । बेला बेलामा रोल्पा चर्चामा आइरहन्छ । अझ दशवर्षे जनयुद्धको उद्गम स्थलको रुपमा झन् विश्वसामु पहिचान नै बनीसकेको छ । रोल्पा र रोल्पासँग सम्बन्धित विषयबस्तुमा आधारित रहेर धेरै फिल्म बनीसकेका छन् ।
यसैक्रममा नाममै ‘रोल्पा रोग’ राखेर चलचित्र क्षेत्रका केही उत्साहित युवाहरुले ठूलो पर्दाको चलचित्र निर्माण गरी भर्खरै फस्टलुक सार्वजनिक गरेका छन् । दशैको अवसर पारेर सार्वजनिक गरिएको फस्टलुक पोस्टरले सबैको ध्यान खिच्ने निर्माण पक्षको अनुमान छ । दिपक वलीको निर्देशन तथा निर्मला वलीको प्रस्तुती र थलबहादुर वलीको लगानीमा तयार भएको यो चलचित्र रोल्पामै छायाङ्कन गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रमा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, विनु खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । ए वान मुभी मेकर्सको व्यानरमा निर्माण गरिएको यो चलचित्र ग्रामीण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा संघर्षको कथामा आधारित छ । चलचित्र जनयुद्धको कथा नभएर जनयुद्धबाट पिरोलिएका जनताको कथा भएको कलाकार जनक थापाले बताए ।
चलचित्रमा गोविन्द मधुर आचार्य र शिशिर भण्डारीले संगीत दिएका छन् । नवराज उप्रेती र निशल पौडेलको छायाङ्कन, अशोक विकको नृत्य निर्देशन चलचित्रमा रहेको छ ।
चलचित्रको फस्टलुक सार्वजनिक गरिए पनि प्रदर्शनको मिति भने सार्वजनिक गरिएको छैन । चलचित्रमा विभिन्न अनलाइन तथा रेडियोहरुको समेत सहकार्य रहेको बताइएको छ ।




Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger