जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

भीरबाट लडेर रोल्पामा एक गर्भवती महिलाको ज्यान गयो

0 comments

२६, मंसिर । रोल्पाको लिबाङ वडा नं. ८ गुरुङगाउँमा आज भीरबाट लडेर एक गर्भवती महिलाको ज्यान गएको छ । गुरुङगाउँको निलरह भन्ने भीरबाट बिहान ११ बजे लडेर ३६ वर्षीय हुर्मती केसीको ज्यान गएको हो । गुरुङगाउँ निवासी उनको भीरमा घाँस काट्न गएको अवस्थामा लडेर ज्यान गएको हो ।
केसी सिर्जनशिल कृषि महिला सहकारीका सदस्य समेत थिए । केसीको निधनले सहकारी परिवारलाई दुःखी भएको भन्दै अध्यक्ष हिरा घलेले शोक व्यक्त गर्नुभएको छ ।
केसीका श्रीमान मनप्रसाद केसी वैदेशिक रोजगारको लागि कतारमा भएको पारिवारिक श्रोतले जनाएको छ । परिवारका अनुसार श्रीमान घरमा नभएकोले दाहसंस्कार गर्न केही समय लाग्ने बताइएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger