जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

यसपटकको माघेसंक्रान्ति महोत्सवको रुपमा मनाइने

0 comments

२ पौष, रोल्पा । यसपटकको माघेसंक्रान्तिलाई रोल्पाका मगर समुदायहरुले भव्यताका साथ मनाउने भएका छन् । रोल्पामा क्रियाशिल विभिन्न मगर संघसंस्थाहरुको संयुक्त वैठकले माघेसंक्रान्तिलाई दुइदिनसम्म महोत्सवकै रुपमा मनाउने निर्णय गरेको हो । माघ १ र २ गते सदरमुकाम लिबाङमा  महोत्सवको आयोजना गरी भव्यताका साथ मनाउने जनाइएको छ ।
नेपाल मगर संघ रोल्पा, नेपाल मगर महिला संघ रोल्पा, नेपाल मगर विद्यार्थी संघ रोल्पा, नेपाल मगर सांस्कृतिक संघ रोल्पा र नेपाल मगर युवा संघ रोल्पाको सयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  नेपाल मगर संघ रोल्पाका अध्यक्ष अमृत बाँठामगरको अध्यक्षतामा बसेको बैठकले महोत्सवलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमिति समेत गठन गरेको छ । जसमा नाचको विभागमा जोरा स्वाई नाचको लागि रामप्रिया बुढामगर र पूर्णा पुनमगर, सारङ्गे नाचको लागि लालबहादुर पुनमगरको नेतृत्वमा पूर्ण घर्तीमगर, पैसेरु नाचको लागि भाबाङबाट वीरबहादुर घर्तीमगर र हुमप्रसाद मगर, सिंगारु नाचको लागि रामप्रिया बुढामगर, तारा हान्ने खेलको लागि डोरबहादुर पुन, व्योम जी अवतार र बसन्त पुनमगर, मयुर नाचको लागि कुरेलीका सुकम मगर र व्योम जी अवतार, केन्द्रीय कलाकारहरुलाई सम्पर्कको लागि सागर पुन, पूर्णबिक्रम बुढा र दिपेन थापा, सहयोग रसिदको लागि सागर बाबु पुन,  मिडिया प्रचारको लागि अमृत बाँठामगर, डोरबहादुर पुनमगर, मौसम रोकामगर, अमरजित पुनमगर, खेम बुढामगर, ईश्वरी जिएम र मगर अग्रज बुद्धिजिवीहरुलाई र संस्कृति पहिचान सम्बन्धी अगुवा व्यक्तिहरुलाई सम्पर्क गर्नको लागि अमृत बाठामगर, श्याम बुढामगर, कुम पुनमगर र सपना रोकामगरलाई जिम्मेवारी दिएको छ ।
महोत्सवमा मगर जातिको संस्कृतिलाई झल्काउने विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिने  र यस महोत्सवले मगर जातिको लोप हुन थालेको संस्कृतिलाई जगेर्ना गर्नको लागि सन्देश दिने बिश्वास गरिएको छ । महोत्सवमा विभिन्न नाचहरु प्रदर्शन गरिने साथै केन्द्रीय कलाकारहरुको समेत प्रस्तुति राखिने बताईएको छ ।
साथै मगर संघ लगायत अन्य भातृत्व संघको आयोजनामा तिहारमा खेलेको देउसी भैलोको समेत समिक्षा गरिएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger