जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

उपापको कार्ययोजना बैठक सम्पन्न

0 comments

९ पौष, रोल्पा । पश्चिम उच्च पहाडी गरिबी निवारण कार्यक्रम उपाप र जिविस रोल्पाको साझेदारीमा सञ्चालित सामुदायिक आयोजना सम्बन्धीको कार्ययोजना तयारी बैठक शुक्रबार सेरम रोल्पामा सम्पन्न भएको छ ।
ईकाई समितिका अध्यक्ष बिरमा रानामगरको अध्यक्षतामा तेश्रो बैठक सेरम ५ फुलीबनमा सम्पन्न भएको हो । बैठकले एक बर्षिय र ३ वर्षिय कार्ययोजना बनाएको छ । एक वर्षीय कार्ययोजना तर्फ ८ लाख पचास हजारको आय आर्जन, २ लाख ५० हजारको खानेपानी निर्माण गर्ने, ३ वर्षे कार्ययोजनामा दुईवटा सिंचाई र बाँकी आय आर्जनमा बिनियोजन गरेको छ । आय आर्जनमा अति बिपन्न गरिब घरधुरीमा बाख्रापालन, बंगुरपालन, सिंलाई कटाई, फर्निचर आदी माग रहेको सेरमका सामाजिक परिचालक पुष्टमन घर्तीमगरले बताउनुभएको छ ।
आर्थिक वर्ष ७०÷७१ मा ११ लाख, ७१÷७२ मा १३ लाख, ७२÷७३ मा ६ लाख गरेर ३ वर्षीय कार्ययोजना तर्फ २० लाख ४ हजारको कार्ययोजना बनाईएको छ । कार्यक्रममा बरिष्ठ सामाजिक परिचालक दिपा बुढामगर, जैमाकसला सामाजिक परिचालक तिलीभान पुनमगर लगायतले सहजीकरण गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger