जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अघोषित लोडसेडिङको मारमा सेवाग्राही

0 comments

९ पौष, रोल्पा । प्यूठानको झिम्रुक पावर हाउसबाट रोल्पामा वितरण गरिएको विजुली लाइनमा दैनिक साँझपख करिब एक घण्टा लाइन अवरुद्ध हुँदा सेवा ग्राहीहरु मर्कामा परेका छन् । अघोषित रुपमा दैनिक एक घण्टा लाइन अवरुद्ध हुँदा विभिन्न व्यवसाय गरेर बस्ने बजारबासी र स्थानीय रुपमा सञ्चालित उद्योग, कलकारखानाहरु पनि प्रत्यक्ष मारमा परेका छन् । त्यतिमात्र नभई जिल्लामा सञ्चालित रेडियो, पत्रपत्रिकाहरुलाई समेत बाधा परिरहेको छ । यस प्रकारको अघोषित लोडसेडिङले कतिपय कार्यालयका प्रशासनिक काम कार्वाहीमा समेत असर परिरहेको छ । 

यसबारे नेपाल विद्युट प्राधिकरण रोल्पा शाखाका गोपाल खड्काले मूख्य टास्कफम मै समस्या भएकोले यो समस्याको समाधान जिल्लाबाट सम्भव नभएको र केन्द्रबाटै पहल गरिए हुनसक्ने बताउनुभयो । ‘दैनिक क्षमता भन्दा बढी करिब ९ मेगावाट विद्युट जिल्लामा खपट हुन्छ, यहाँको क्षमता भनेको अलि कम हो ।’ खड्काले भन्नुभयो ‘विद्युटको उत्पादन क्षमता र ट्रान्सफर्म क्षमता पुरानै छ, उपभोक्ताहरु दिनहुँ थपिँदै छन् अनि पानीको बहाव पनि जलवायु परिवर्तनको असरका कारण कम हुँदैछ त्यसैले यसको स्तर उन्नतीतिर ध्यान नदिएर समस्या समाधान सम्भव छैन ।’

अघोषित रुपमा लोडसेडिङ गर्नुभन्दा घोषणा नै गरेर गरेमा त्यही अनुसारको योजना बनाएर काम गर्ने सेवा ग्राहीहरु बताउँछन् । ‘एक्काशी लाइन जान्छ अनि अन्धाधुन्ध भइन्छ ।’ सेवाग्राही भन्छन् ‘यो समस्या समाधानको लागि समयमै सरोकारवालाहरु लाग्न जरुरी छ ।’ झिम्रुक पावर हाउसका विद्युट अपरेटर राम खनालले भने एकघण्टा नभई आधा घण्टा मात्र काट्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘पावर हाउसमा ८ एमभिएको मात्र विद्युट क्षमता छ तर माग निकै नै बढी छ ।’ ट्रान्सफर्मले धान्न नसक्ने भएपछि काट्नै पर्ने बाध्यता रहेको खनालले बताउनुभयो । उहाँका अनुसार यो समस्या रोल्पामा मात्र नभएर झिम्रुकबाट वितरण गरिएका प्यूठान र अर्घाखाँचीमा पनि रहेको छ । ट्रान्सफर्म करोडौं मूल्य पर्ने भएकोले सरकारले नै नयाँ ट्रान्सफर्म जडान गर्ने व्यवस्था मिलाएमा मात्र समस्या समाधानको लागि सम्भव हुने झिम्रुक पावर हाउसले बताएको छ । 
यसै विषयमा आइतबार सूचना तथा सञ्चार मन्त्री माधव पौड्यालसँग सरोकारवालाहरुले जिज्ञासा राखेका थिए । मन्त्री पौड्यालले भने यो समस्याको लागि सरोकारवालाहरुले नै माग पत्र बनाएर पेश गर्नुपर्ने र आफूले पनि सम्बन्धित मन्त्रालयमा जानकारी गराउने आश्वासन दिनुभयो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger