जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

सच्चिएमा एकता हुनसक्छः बादल

0 comments

नेकपा–माओवादीका महासचिव रामबहादुर थापा बादलले अहिलेको नेपालको राजनीतिक परिवेश सामन्ति र नवउपनिवेशमा रहेको बताउनुभएको छ । मिडिया प्वाइन्ट रोल्पाले रोल्पाको सदरमुकाम लिबाङमा आयोजना गरेको पत्रकार भेटघाटको क्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो । नेपालीले आफ्नो भाग्य र भविश्यको फैसला आफैले नभएर अदृश्य शक्तिले गरिरहेको दावी गर्दै थापाले जनताको हातमा आत्मनिर्णयको अधिकार नहुँदासम्म कुनैपनि जनतामूखी तन्त्रको औचित्य नहुने ठोकुवा गर्नुभयो । ‘नेपालीहरुको भविष्य सिमित मान्छेहरुको हातमा छ’ उहाँले भन्नुभयो ‘पहिलो काम हामी जनताको हातमा आत्मनिर्णयको अधिकार स्थापित गर्छौं ।’
दुइ माओवादीबीचको एकता बारे पत्रकारहरुले राखेको जिज्ञासामा महासचिव बादलले औपचारिक दृष्टिकोण समान भएपनि विश्लेषण र प्रयोगको सवालमा मतभेद भएकोले तत्काल एकता सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘एकीकृत नेकपा माओवादीले समाजवादी क्रान्ति भन्छ हामी जनवादी क्रान्ति भन्छौं, मुख्य विभेद नै यहींनेर हो ।’ नेता बादलले राजनीतिक क्रान्ति पछिमात्रै आर्थिक क्रान्ति हुने माक्र्सवादी नियमलाई एकीकृत माओवादीले उल्ट्यादिएको आरोप लगाउनुभयो । विचार, नीतिप्रति निर्मम आत्मसमिक्षा गरेर आएमा कुनैपनि शक्तिहरुबीचको एकताको लागि आफूहरु तयार रहेको उहाँले बताउनुभयो । नेपालमा क्रान्तिकारी कम्युनिष्ट केन्द्रको आवश्यकता भएको औंल्याउँदै बादलले जनवादी क्रान्ति पुरा गर्न चाहने सबै शक्तिहरुसँग एकताको सम्भावना रहीरहने बताउनुभयो ।
त्यस्तै नेकपा–माओवादी रोल्पाको चौथो जिल्ला सम्मेलन सदरमुकाम लिबाङमा सम्पन्न भएको छ । सम्मेलनले केशबहादुर बाँठा सुवास सेक्रेटरी रहने गरी ९५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसमा सहसेक्रेटरीद्वय प्रताप, र आशबहादुर पुन रक्तिमलाई रहनुभएको छ भने सुन्दर वली सुरविरलाई संयुक्त मोर्चा प्रमुखको रुपमा चयन गरेको बताइएको छ । बन्दशत्रमा पार्टीका बैकल्पीक केन्द्रीय सदस्य अमर झाँक्रीमगर संजीवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव रामबहादुर थापा बादल, पोलिट व्यूरो सदस्य कुलप्रसाद केसी सोनाम, राज्य इन्चार्ज सन्तोष बुढामगर लगायतले पार्टीको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger