जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

पत्रकार महासंघ रोल्पाको अधिवेशन सम्पन्न

0 comments

४ बैशाख । गएको २०७० चैत २८ गते ¥याली सहित उद्घाटन गरिएको नेपाल पत्रकार महासंघ रोल्पा शाखाको चौथो अधिवेशन बैशाख ३ गते बिहीबार सम्पन्न भएको छ । अधिवेशनले निर्वाचनद्वारा महेश न्यौपानेलाई अध्यक्षमा चयन गरेको छ । त्यस्तै कार्यसमिति पदाधिकारीहरुमा उपाध्यक्ष धरेन्द्र डाँगी, सचिव इश्री जिएम, सहसचिव दीपेश पराई विष्ट र कोषाध्यक्षमा माधव वली चयन हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा प्रतिज्ञा
बुढामगर, आसमायाँ पुनमगर, हर्क घर्तीमगर, हेमराज महरा, गणेश के.सी., सरोज सुवेदी, उमा के.सी., कमानसिंह पुनमगर निर्वाचित हुनुभएको छ । केन्द्रीय पार्षद् तर्फ नारायण आचार्य, लिलाराज बुढामगर, कुमार शाह, पुस्तमन घर्तीमगर, मेखबहादुर रोकामगर, बिरमा थापा, दाना के.सी., विपिन कुवर, मनोज घर्तीमगर, महेन्द्र रोका, दीपेन्द्र बाँठा, दयाराम डाँगी, घनश्याम आचार्य, भोलानाथ आचार्य र टेकेन्द्र जिएम चयन हुनुभएको छ ।
सहमतीय कार्यसमिति निर्माणको लागि केही पहल थालिए पनि परिणाममूखी भने हुन सकेन । सहमतीको सम्भावना हुँदाहुँदै पनि अन्तमा आएर माहौललाई केही शक्तिले विगारेको कारण निर्वाचनमा जान बाध्य हुनुपरेको अध्यक्षका प्रत्यासी मानसिंह विकले बताउनुभयो । त्यस्तै पत्रकार महासंघ रोल्पा शाखाका संस्थापक अध्यक्ष काशीराम डाँगी, पूर्व अध्यक्षहरु खेम बुढामगर र मौसम रोकामगरले भने चुनावी प्रतिस्पर्धामा भाग लिनुभएन । सहमतीय पुरानो विरासतलाई भङ्ग गरी निर्वाचनको वातावरण बनाएकोमा असन्तुष्ट तीनैजनाले निर्वाचनलाई मौन समर्थन गर्नुभयो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger