जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

लोकतन्त्र दिवस सम्पन्न

0 comments

१२ वैशाख, रोल्पा । आठौं लोकतन्त्र दिवस रोल्पामा एक कार्यक्रम गरी मनाइएको छ । लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै संविधानसभाका उपसभामुख ओनसरी घर्तीमगरले लोकतन्त्रको संस्थागत विकासको निम्ति आत्मैदेखि मुलुकको हितको निम्ति प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो ।
साथै उहाँले सहिदहरुलाई कुनै कार्यक्रममा मात्रै सम्झिनु भन्दा पनि उनीहरुको सपना पूरा गर्ने जिम्मा लिई दृढ अठोट सहित अघि बढ्नुपर्ने बताउनुभयो । दलहरु संविधान निर्माणतिर केन्द्रीत देखिएकाले समयमै संविधान लेखिने कुरामा धेरै शंका नगर्न आग्रह गर्नुभयो । दोस्रो संविधानसभाको निर्वाचन पछि सबै दलहरुले जनताको चेतावनी महशुस गरिसकेकोले अब संविधान निर्माणको लागि कोही कसैले बहानाबाजी गरेर अड्को थाप्न नहुने बताउनुभयो । ‘हाम्रो मूख्य काम भनेको संविधान निर्माण गर्नु हो’ घर्तीमगरले भन्नुभयो ‘त्यसको लागि हामीले जनतासँग प्रतिवद्धता जनाइसकेका छौं ।’ जिल्लाको विकासको लागि संविधानसभामा प्रतिनिधित्व गर्ने सबै रोल्पावासीहरुको सहकार्य आवश्यक रहेको बताउँदै घर्तीले जिल्ला तहमा राजनीतिक एकता कायम गरी विकास निर्माणको कामलाई अगाडि बढाउन अन्य सरोकारवाला सबैसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णबहादुर घर्तीमगर, एमालेका सचिव ओमराज घर्तीमगर, एमाओवादीका सल्लाहकार राजकुमार कक्षपति, पुर्ने पुन, नेकपा–माओवादीका केशबहादुर बाँठा, उद्योग वाणिज्य संघका अध्यक्ष किशोर आचार्य, नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति नौलसिंह पुनमगर, गैसस महासंघका अध्यक्ष भोलानाथ आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने लगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger