जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

आधिकारिक ट्रेड युनियन रोल्पामा क्रमशः कांग्रेस, एमाले अनि माओवादी

0 comments

जेठ १९ रोल्पा । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सीबिए) निर्वाचन रोल्पामा नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले १ सय ४२ मत ल्याएर सबैलाई पछि पारेको छ । आज बुधबार रोल्पा सदरमुकाम लिबाङमा कडा सुरक्षा घेराबीच भएको मतदानमा कांग्रेस निकट कर्मचारी संघले विजयी हात पारेको हो ।

त्यस्तै एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले ९० मत ल्याएर दोस्रो स्थान ओगटेको छ । यता नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ६६ मत ल्याएर तेस्रो स्थानमै चित्त बुझाएको छ । त्यस्तै मधेस ६ र मिलन केन्द्रमा ३ मत खसेको छ ।

जिल्लाभरिमा कुल ३ सय ३६ मतदाता निजामती कर्मचारीहरु मध्ये ३ सय १९ मत मात्र खसेको थियो । जसमध्ये १२ बदर भएको निर्वाचन समितिले जनाएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger