जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

राष्ट्रिय पत्रकारिता दिवसमाः फलफूल वितरण, प्रभातफेरी तथा अन्तरक्रिया

0 comments

बैशाख २५, रोल्पा । प्रथम राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा रोल्पामा विविध कार्यक्रम गरिएको छ । नेपालको पहिलो अखबारको रुपमा गोरखापत्र प्रकाशन भएको बैशाख २४ को दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा यो वर्षदेखि मनाउन थालिएको हो ।

पत्रकारिता दिवसकै सन्दर्भमा रोल्पामा बैशाख २३ गते जिल्ला अस्पताल रेउघामा रहेको बिरामीलाई फलफूल वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मासहितको टोलीले बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालमा रहेका ८ जना बिरामी र २ जना सुत्केरीलाई फलफूल वितरण गरिएको पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले जानकारी दिनुभयो । बिहीबार गरिएको फलफूल वितरणमा स्थानिय विकास अधिकारी सुशील बैद्य, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगर, लिबाङ नगरपालिका कार्यकारी अधिकृत निमबहादुर केसी, जिल्ला हुलाक कार्यालय रोल्पाका प्रमुख रमा आचार्य लगायत पत्रकारहरुको सहभागीता रहेको थियो । यस्तै बेलुकीपख जिल्लास्थित सबै मिडियाले आ–आफ्ना कार्यालयहरुमा द्वीप प्रज्वलन समेत गरेका छन् ।

क्याम्पसमा अन्तरक्रिया
त्यस्तै शुक्रबार बिहान जलजला बहुमुखी क्याम्पस रोल्पामा अन्तरक्रिया समेत गरिएको छ । क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरुसँग पत्रकारिताका विषयमा गरिएको अन्तरक्रियामा पत्रकारले विषयगत ज्ञानका सन्दर्भमा छलफल भएको थियो ।

प्रभातफेरी तथा अन्तरक्रिया
दिवसकै अवसरमा शनिबार बिहान प्रभातफेरी सहित जिविसको नयाँ हलमा अन्तरक्रिया समेत गरिएको छ । प्रथम पत्रकारिता दिवस समारोह समिति रोल्पाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको सभापतित्वमा भएको कार्यक्रममा रोल्पाको पत्रकारिता अवस्था, चुनौती र सम्भावनाको विषयमा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

महासंघका सचिव इश्वरी जिएमको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष माधव कुमार वलीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील बैद्य, राजनीतिक दल, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापति काशीराम डाँगी, पूर्व अध्यक्षहरु खेम बुढामगर, मौसम रोकामगर लगायतले मन्तव्य दिनुभएको थियो । वक्ताहरुले सरकारले नै पत्रकारिता दिवसको लागि तदारुकता देखाएकोप्रति प्रशंसा व्यक्त गरेका थिए ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger