जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अहिंसाको पक्षमा जारी जागरणसभा रोल्पामा

0 comments

१८ बैशाख । शान्ति, अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्मसम्मान भन्ने मान्यताका साथ जारी मानवअधिकार तथा शान्ति समाजको राष्ट्रव्यापी अभियान अन्तर्गत शनिबार रोल्पामा जागरणसभा गरिएको छ । सभामा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै मानव अधिकारवादी कृष्ण पहाडीले प्रधानमन्त्री खड्गप्रसाद वलीले तुच्छ बोली त्याग्नुपर्ने बताउनुभयो ।

मानव हत्याका विरुद्धमा आफूहरु निकै पहिलेदेखि आन्दोलन गरिरहेको स्मरण गर्दै पहाडीले मुलुकमाथि भएको नाकाबन्दी मानवियता विरुद्ध भएको टिप्पणी गर्नुभयो । मधेशी नेताहरुले नेपालीका विरुद्ध नाकाबन्दीमा भारतलाई साथ दिएको आरोप लगाउँदै उहाँले यो शतप्रतिशत गलत भएको बताउनुभयो । राज्यले सत्य निरुपण आयोग र बेपत्ता छानविन आयोग देखाएर जनतालाई अलमल्याउने काम गरेको आरोप लगाउँदै पीडितको आँसुले २० वर्षपछि पनि सराप्ने दावी गर्नुभयो ।

कुनै पनि आन्दोलन सकारात्मक हुँदाहुँदै पनि त्यो हिंसात्मक हुन गएमा परिणाम गलत आउने उहाँको भनाई छ । आफनो माग संविधानमा सम्बोधन नभएको भन्दै अधिकारकर्मी पहाडीले आन्दोलनमा हिंसा र घृणा मिसिन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “हिंसाको कुनै भविष्य हुँदैन र शान्तिको कुनै विकल्प हुँदैन ।” अन्तिरिम संविधानमा अहिंसा र जीवनचक्रको सन्तुलन भनेर दुईवटा माग राखेता पनि राज्यले बेवास्ता गरेकोमा आपत्ति प्रकट गर्नुभयो ।

जनतालाई कसरी बलियो बनाउने भन्नेमा आफ्नो अभियान केन्द्रित रहेको उल्लेख गर्दै पहाडीले नाकाबन्दी मानवता बिरुद्धको अपराध रहेको बताउनुभयो । नेपालका राजनीतिक शक्तिहरु मिलुन् भन्ने धारणा रहेको भन्दै यस अभियानले हिंसा रोकेर शान्ति प्रक्रियाको बाटो अबलम्बन गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको सन्चालन अर्जुन अधिकारीले गर्नुभएको थियो भने अध्यक्षता समाजका सचिव गोविन्द खनालले गर्नुभएको थियो ।  मानव अधिकार तथा शान्ति समाज नेपालको आयोजनामा रोल्पाको लिबाङस्थित टुँडिखेलमा सम्पन्न जागरण सभामा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय महासचिव उत्तम पुडासैनीले समेत बोल्नुभएको थियो । कार्यक्रममा रोल्पा समाचार साप्ताहिकका मानसिं बिक, राप्ती साहित्य परिषदका अध्यक्ष गोकर्ण पुन, एकल महिला सञ्जाल रोल्पाका अध्यक्ष तुलसा आचार्य, जलजला क्याम्पस पूर्वप्रमुख बिनोद आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, एमाओवादीका जिल्ला सचिव पुरण क्षेत्री, नेपाली काँग्रेसका किशोरकुमार आचार्य लगायतले अभियान सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger