जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

स्वर्गीय बुवाको सम्झनामा निःशुल्क स्वास्थ्य शिविर

0 comments


जङ्कोट–४, निवासी स्वर्गीय मैसर घर्तीमगरको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । स्वर्गीय घर्तीमगरको समाधिस्थल जङ्कोट–४, जङबाङमा शनिबार उद्घाटन गरिएको उक्त निःशुुल्क स्वास्थ्य शिविर सोमबार विविध साँस्कृतिक कार्यक्रम सहित जङ्कोट–१, माडीचौरमा सम्पन्न भएको हो ।
भारतीय सेनाका पेन्सनर समेत् रहनुभएका स्व. घर्तीको सम्झनामा पार्क समेत् निर्माण गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटनसँगै पार्कको समेत् शिलान्यास गरिएको छ । परापूर्वकालमा मगर राजाले राज्य गरेको रुपमा मानिने यो ठाउँलाई मगर संस्कृति केन्द्रको रुपमा विकास गर्ने उद्देश्य समेत् राखिएको छ । स्वर्गीय मैसर घर्तीमगरका जेठा छोरा ददीबन्धु घर्तीमगर ब्रिटिस आर्मीबाट अवकास प्राप्त गरी अहिले यूकेकै एक सरकारी अस्पतालमा चालकको रुपमा काम गर्नुहुन्छ, भने कान्छा छोरा डा. चन्द्र जिएम घोराहीको महेन्द्र अस्पतालमा काम गर्नुहुन्छ ।
बुवाले समाजसेवाको निम्ति देखाएको बाटोमा सधैभरि लागिरहने प्रतिवद्धताले नै यस्ता समाजसेवी काममा प्रेरित भएको डा. चन्द्र जिएमले बताउनुभयो । त्यस्तै ददीबन्धु घर्तीमगरले बुवाको बाँकी काम आफूहरुले पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो आर्थिक स्थिति लगायत सबै कुराले साथ दिएमा गाउँको विकासको निम्ति सधैभरि लागिपर्ने उहाँको भनाई थियो । उद्घाटन कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति एवम् प्रमुख अतिथि नौलसिंह पुनमगरले स्व. मैसर घर्तीमगर गरिबको अगुवा भएको बताउनुभयो । सधै गरिबको निम्ति चिन्ता गर्ने गरेको स्मरण गर्दै पुनमगरले उहाँका छोराहरुले पनि समाजसेवालाई धर्म मानेर अघि बढेकोमा धन्यवाद दिनुभयो । जिल्लाबाट एसएलसी परीक्षामा पहिलो हुने र माडीचौर माविबाट पहिलो हुने विद्यार्थीलाई पुरस्कार प्रदान गर्ने वातावरण मिलाउन समेत् सुझाव दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी कर्मलाल परियारले सबैले यसरी आफ्नो गाउँलाई सम्झिदिए देशनै हराभरा हुने बताउनुभयो । त्यसैगरि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख सचिन कोइराला, पत्रकार उदय जिएम, शिविर टोलीका तर्फबाट लिलाधर खड्का लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
आइतबारबाट बाल उदय मावि माडीचौरमा सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर सोमबार सकिएको छ । शिविरका लागि काठमाडौंबाट डा. रिवेश के.सी., पोखराबाट डा. सन्तोष कुवर, पाल्पाबाट डा. झपेन्द्र ढकाल, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाबाट डा. सचिन कोइराला, दाङबाट डा. पुष्प भूषाल, रोल्पाबाट डा. चन्द्र घर्तीमगरको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो । यसैगरि बिएस्सी नर्सिङ करिश्मा सेन ठकुरी काठमाडौं, स्टाफ नर्स धनमाया गुरुङ सुर्खेत, स्टाप नर्स माया बुढामगर जुम्ला, सिएमए प्रेमप्रकाश वली सल्यान, सिनियर अहेव भिम रावत दाङ, ल्याव असिस्टेन्ट लिलाधर खड्का दाङ, विएमएलटी भेषराज पुन रोल्पा, ल्याव असिस्टेन्ट केशव बहादुर वली सल्यान, ल्याव असिस्टेन्ट कृति पुनमगर रोल्पाले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो । स्वास्थ्य सेवाबाट जिल्लाका करिब आधा भूभागमा रहेका सर्वसाधारण लाभान्वित भएका छन् । समापनको अवसरमा सोमबार माडीचौरमा भव्य साँस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार बेलुकी आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड साङ्गीतिक प्रस्तुति राखिएको थियो । लोकदोहोरी गायक खड्ग गर्बुजाको दोहोरीमा झुमेका स्थानीय संगीत पारखीहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै स्थानीय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger