जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

गिट्टी कुटेर कापी कलम जुटाउँछन् बालबालिका

0 comments


घर्तीगाउँ–१ की वसन्ती विश्वकर्मा (११) स्थानीय कृष्ण माविमा कक्षा ३ मा पढ्छिन् । वरिपरि गिट्टी थुपारेर चप्पललाई प्वाँल पारी त्यसैको सहाराले गिट्टी कुटीरहेका वसन्ती एक कट्ठा कुट्दा जम्मा ५० रुपैयाँ मात्र पाउने बताउँछिन् । गिट्टी कुटेर आएको पैसा आमाबुवालाई आफै राख्ने गरेको बताउने उनी दिनभरी कुटेर दुखेको हात पैसा पाउँदा सन्चो महशुस हुने बताउँछिन् । ‘कापी कलम किन्नलाई सधै घरमा पैसा माग्नुपर्छ, यसरी काम गरेपछि आफैं किन्न सकिन्छ ।’ उनले भनिन् ‘पैसा पाएपछि आफैले राख्छम् ।’ धेरै पढेर मिस (शिक्षिका) बन्ने सपना बुनेकी वसन्तीका बुवा आर्थिक स्थिति नाजुक भएकै कारण इट्टा बोक्न काठमाडौं गएको उनी बताउँछिन् । लिबाङ भन्ने नाम मात्र सुन्ने गरेको बताउने वसन्ती एकपटक त्यहीं पुग्ने सपना रहेको बताइन् । घरको आर्थिक स्थिति कमजोर भएकोले केही राहत हुने आशा बोकेर काममा डटेका स्थानीय तारा वि.क. जम्मा ९ वर्ष भइन् । कक्षा २ मा पढ्दै गरेका उनी स्कूलबाट छुट्टी भएपछि यसरी नै काम गर्ने बताउँछिन् । उनी भन्छिन् ‘स्कूल लाग्दा साँझ बिहान घाँस दाउरा गर्नुपर्छ, गिट्टी कुट्न आउने फूर्सद हुँदैन, तर विदाको दिन सधै आउँछु ।’ तर अरुसँगै गिट्टी कुटीरहेका १३ वर्षिय अप्सरा डाँगी भने आफू  फूर्सदको समयलाई उपयोग गर्न आएको बताइन् । परीक्षा सकिए लगत्तै विद्यालय बन्द भएको बेला २÷४ पैसा आउँछ कि भनेर यहाँ आउने उनको भनाई छ । एसएलसी दिएर धेरै बालबालिका कम्प्युटर तथा विभिन्न क्षमता बृद्धिका कामहरुमा अग्रसर हुन्छन् तर तालाबाङ घरभई गिट्टी कुट्न भनेर नै दैनिक घर्तीगाउँसम्म आउने अनु विश्वकर्माले भने नाजुक आर्थिक स्थितिकै कारण त्यस्तो अवसरबाट बञ्चित हुनुप¥यो । उनले भनिन् ‘एसएलसी दिएर सबै शहरतिर नयाँ सिप सिक्न जान्छन् तर मैले भने गिट्टी कुटीरहेको छु, कहिलेकाँही त दुःख पनि लाग्छ ।’
विगत माओवादी सशस्त्र द्वन्द्वको क्रममा आक्रमण गरिएको रोल्पाको पश्चिमी क्षेत्रको केन्द्र मानिने घर्तीगाउँ बजारमा रहेको प्रहरी पोष्ट अहिले निर्माणको क्रममा छ । त्यही प्रहरी चौकी निर्माणका लागि गिट्टी कुटिरहेका छन् यी बालबालिका । नेपालको कानुन अनुसार १८ वर्षभन्दा मूनीकालाई बालबालिका भनिन्छ । उनीहरुलाई शारिरीक तथा मानसिक कुनैपनि श्रममा लगाउन पाइँदैन । तर गाउँघरमा आर्थिक स्थिति कमजोर भएकै कारण उनीहरु श्रममा लाग्न बाध्य छन् । गाउँघरमा श्रम गर्ने बालबालिकाहरुको संख्या एकातिर छ भने अर्कोतिर शहरमा जाने होटेलहरुमा भाँडा माझ्ने वा इट्टा भट्टामा मजदुरी गर्न जानेहरुको संख्या पनि ह्वात्तै बढेको छ । कानुनमा जे भनिए पनि यी बालबालिकालाई काम गर्न उमेरको कुनै हदबन्दी छैन । श्रम गर्नु रहरको विषय पटक्कै होइन, दिनानुदिन मानवीय आवश्यकताहरु बढ्दै छन् तर पूर्ति पनि न्यून छ । त्यस्तै महङ्गी पनि बढी नै रहेको छ । जसको प्रत्यक्ष मारमा परेका छन् बालबालिका । यसको अनुगमन सरोकारवाला र राज्यले गर्न जरुरी छ ।
बन्दुकको त्रासदीपूर्ण आवाजबाट भग्नावशेष बनेको यो चौकी फेरि उस्तै मसिनो आवाजले निर्माणको क्रमलाई जोडेको छ । शान्तिप्रक्रिया शुरु भएयता गाउँमा भत्काइएका प्रहरी पोष्टहरु निर्माण गर्ने क्रमसँग घर्तीगाउँमा पनि प्रहरी भवनको निर्माण कार्य थालिएको छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger