जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

एकवर्षभित्र संविधान पक्काः उपसभामुख घर्ती

0 comments


२९ जेठ, रोल्पा । संविधानसभाका उपसभामुख ओनसरी घर्तीमगरले विगतमा संविधान निर्माणका लागि भएका सहमति पूर्ण कार्यान्वयन सहित जूनसुकै अवस्थामा पनि एकवर्ष भित्रमा संविधान लिएरै छाड्ने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । आज बिहिबार रोल्पाको सदरमुकाम लिबाङमा रिपोर्टस क्लव रोल्पा शाखाद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो । संविधान लेखनको काम चलिरहेको भन्दै उपसभामुख घर्तीले संविधानसभा भन्दा बाहिर रहेका शक्तिहरुलाई पनि सहभागि बनाउन पहल भइरहेको बताउनुभयो । पत्रकारहरुको जिज्ञासामा घर्तीले पार्टीभित्र कुनै अन्तरसंघर्ष नभई स्वभाविक प्रक्रिया भएको बताउनुभयो । ‘बाबुरामजीहरुको केही मतभेद छ तर पनि पार्टीलाई सशक्त बनाउनको लागि यसले केही असर गर्दैन ।’ उहाँले भन्नुभयो ‘व्यापक मतभेदले नै नयाँ विचार जन्माउँछ ।’ साथै घर्तीले कम्युनिष्ट केन्द्र निर्माणको अपरिहार्यता भएको भन्दै यसको लागि सबैको सकारात्मक भूमिका औंल्याउनुभयो ।
रोल्पा जिल्लाको समग्र विकासको चरणलाई अझ अगाडि बढाउन अहिले कृष्णबहादुर महराको पहलमा रोल्पाका चारैजना सभासदले कुनै पूर्वाग्रहविना काम गरिरहेको बताउनुभयो । माडीखोलाबाट विद्युत उत्पादनको निम्ति पहल अन्तिम चरणमा पुगेको भन्दै उहाँले बजेट धेरै परे पनि राजनीतिक दलका नेताहरुले नै ठेकेदारी गर्दा समस्या बल्झिएको बताउनुभयो । रोल्पामा बाटो, विद्युट र सञ्चारलाई सबैभन्दा पहिले पु¥याउन सकिए अन्य विकास निर्माणका कामहरु सहज हुने उहाँको भनाई छ ।
पर्यटकीय स्थल बनाउनको लागि रोल्पा निकै महत्वपूर्ण भएको भन्दै उपसभामुख घर्तीले युद्धको क्रममा घटना भएका ऐतिहासिक स्थल, धार्मिक स्थल तथा प्राकृतिक स्थलहरुको पहिचान गरी पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताउनुभयो । सधैजसो जिल्लामा रकम आउने तर परिचालन नभई फ्रिज भएर जाने कुरालाई रोक्न सबै सरोकारवालालाई आग्रह समेत गर्नुभयो । रिपोर्टस क्लवका रोल्पा शाखा अध्यक्ष मानसिंह विकको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नवीन लोचनमगरले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याउनुभएको थियो भने लोकेन्द्र चन्दले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger