जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

सुन कुल्चेर नुन खोज्नेहरुका लागि उदाहरण हुन् –रञ्जीत

0 comments

रोल्पा इरिबाङ गाविसको बागमारा बजारदेखि करिब १ किलोमिटर माथिल्लो रपागाउँमा बस्छन् रञ्जीत । दशवर्षे माओवादी आन्दोलनमा गाउँका अगुवा बनेर हिडेका उनी अहिले बोटबिरुवा उत्पादन गरी वातावरण हराभरा बनाउने अभियानमा लागेका छन् । उनको वास्ताविक नाम चाँही खड्गबीर बुढामगर हो तर माओवादी जनयुद्धले उनलाई रञ्जीतको नाम दियो र त्यही नामबाटै सफल समाजसेवीको पहिचान बनाए । आफ्नै घरमा बसेर घरपरिवारको हेरचाह गर्नुका साथै विभिन्न प्रजातिका बोटबिरुवा उत्पादन गरी जिल्लाभित्र र छिमेकी जिल्लाहरुमा समेत निर्यात गरिरहेका उनले अहिलेसम्म रुकुमका विभिन्न ठाउँहरुमा बिरुवा पठाइसकेको बताउनुहुन्छ । उमेरले ५१ पुगिसकेका रञ्जीतले अङ्गुर, सजिवन, सल्ला, ढ्यार, सुन्तला, हल्लावेट, दाँते ओखर, इपिल, दालचिनी (तेजपात), दालेघाँस खरी, टिमुर लगायतका थुप्रै बोटबिरुवाहरु आफ्नै नर्सरीमा उत्पादन गर्छन् । अहिलेसम्म स्थानीय मागअनुसार नै बिरुवा उत्पादन गर्ने गरेको बताउने उनी बाग्लुङबाट समेत माग आउने गरेको बताउनुहुन्छ । केही बीउ इन्डियाबाट लिने र केही स्थानीय उत्पादनलाई प्रशोधन गरी वितरण गर्ने गरेको उनको भनाई छ ।
कुनै औपचारिक तालिम विना नै नर्सरी सुरु गरेका उनी आफूलाई व्यवसायबाट आत्मसन्तुष्टि मिलेको बताउँछन् । ‘मैले कुनै तालिम लिएको छैन, सबै कुरा गरेर नै सिकेको हुँ ।’ आन्मसन्तुष्टि नै ठूलो कुरा ठान्ने उनी समाजसेवामा अरु आश नभएको बताउँछन् । ‘आफ्नै उत्पादनले वरिपरीका जंगलहरु हराभरा भएको देख्छु निकै गौरव लाग्छ ।’ सैदान्तिक कुरामा भन्दा व्यवहारिक परिपक्वतामा विश्वास गर्ने उनी आफूसँग योग्यताको कुनै कागजी ठेली नभए पनि कामको हिसाबले पाको भइसकेको ठोकुवा गर्छन् । उनका अनुसार नर्सरीको राम्रो रेखदेख गर्ने हो भने वार्षिक एकलाख भन्दा बढी नै आम्दानी हुने गर्दछ । बेला बेला सामुदायिक बनबाट सल्लाह लिने गरेको बताउने रञ्जीतले जिल्ला कृषि विकास कार्यालय, जिल्ला बन कार्यालयले आफूलाई बेवास्ता गरेकोप्रति भने गुनासो गरे । उनले भने ‘जिल्ला बनबाट केही बिरुवा किनेर लगें तर आशा गरेअनुसार सहयोग पाइरहेको छैन ।’
वातावरणीय हराभरामा रमाउने रञ्जीतले यही पेशा रोज्नुमा कसैको प्रेरणा छैन । उनी भन्छन् ‘बन जोगाऔं भन्ने मेरो पुरानो मान्यता हो, त्यसैको सहयोगबाट यो पेशा अंगालें ।’ सिजन अनुसार बिरुवाको उत्पादन तथा वितरण राम्रै हुने गरेको बताउने उनले पहिले इन्डियामा नै बिरुवा उत्पादनको काम सिकेका हुन् । इन्डियामा गर्न सकिने काम आफ्नो देशमा पनि सम्भव छ भन्ने कुराले उत्साही भएको कारण यो काममा लागेको उनको भनाई छ । सबै कुरा नपुगे पनि सामाजिक सेवाको रुपमा बुझेको उहाँ बताउनुहुन्छ, ‘धेरै कुराहरु चाहेर पनि पुरा गर्न सकेको छैन, तर सन्तुष्ट छु, समाजसेवा हो ।’ भविश्यमा यही पेशालाई व्यवस्थित बनाउने सुरमा रहेका उनी जिल्ला बन कार्यालय, जिल्ला कृषि विकास कार्यालयले केही हौसलामूलक काम गरिदिए हुन्थ्यो भन्ने सोचाइमा छन् । अहिले पानीको समस्या भएकोले व्यवस्थित गर्न नसकिएको उनको भनाई छ । यो बाहेक उनले तरकारी समेत उत्पादन गर्दै आएका छन् ।
दैनिक लाखौं नेपाली युवाहरु रोजगारीको शिलशिलामा विदेशिन्छन् । तर स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुरामा भने उनीहरु विश्वास गर्दैनन् । रञ्जीतको यो उदाहरणले सुनलाई कुल्चेर नुनको खोजीमा भौंतारिनेहरुलाई अवश्य केही सिकाउने छ ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger