मेहनतबाट नै सीपमा दक्षता प्राप्त हुने भन्दै अरुभन्दा फरक काम गर्न रुचाउने एकजना युवा हुन् गोविन्द पाण्डे । पढाई र व्यापारलाई सँगसँगै अघि बढाएका उनी २३ वर्षको कलिलो उमेरमै कुशल व्यवसायी बनीसकेका छन् । रोल्पाको सदरमुकाम लिबाङमा विगत डेढवर्ष यता ‘डिजिटल फलेक्स प्रिन्ट एण्ड कम्प्युटर’ सेवा मार्फत् व्यवसाय सञ्चालन थालेका पाण्डे अहिले मासिक कम्तिमा ३५ हजार कमाउँछन् । उनी भन्छन् ‘कहिलेकाँही त एकलाख पनि पुग्छ, तर सरदरमा ३५÷४० हजार हुन्छ ।’ जिल्लामै पहिलो र एकमात्र डिजिटल प्रविधिबाट विभिन्न किसिमका बोर्ड, व्यानर, होडिङबोर्ड, फोटो, साइनबोर्डहरु निर्माण हुने गरेको दावी गर्ने पाण्डेले सुविधायुक्त सहरकै स्तरमा मुल्य र ‘क्वालिटी’ दिने बताउँछन् ।
खलङ्गा–९, पानीडाँडा घर भई रोल्पाको सदरमुकाममा व्यवसाय सञ्चालन गर्दै आएका उनी रोल्पाको लागि नौलो भएकोले फस्टाउने सम्भावनालाई मध्यनजर गर्दै यहाँ व्यवसाय सञ्चालन गरेको बताउँछन् । सुरुमा १० लाखको मेशिन किनेर व्यवसाय थालनी गरेका उनले अहिले सेवा समेत थप गरेका छन् । अहिले उनको पसलमा कम्प्युटर सम्बन्धी सबै किसिमका कामहरु गरिन्छ । केही समयभित्रै एकजना दक्ष कर्मचारी राख्ने सोंचमा रहेका गोविन्द अहिलेसम्म एक्लैले सेवा दिइरहेका छन् । यही पेशालाई नै व्यवस्थित गरेर लैजाने योजना सहित कम्मर कसेर लागेका उनी केही समयमै १० फिटको मेशिन भित्र्याउने ध्याउन्नमा छन् ।
नेपाली सेनाको ल्याप्टेन पदमा समेत ‘फाइट’ गरेका उनी त्यहाँबाट आफू किन फालिए भन्ने कुरा पत्तै पाएनन् । त्यसपछि व्यापारले तानेको उनको भनाई छ । व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट रहेको बताउँदै उनले भने ‘जहाँ आफू सन्तुष्ट भइन्छ त्यही काममा नै सफलता पाइन्छ ।’
करिव तीनवर्ष विभिन्न ठाउँमा कम्प्युटर सम्बन्धी तालिम लिएका उनले फलेक्स सम्बन्धी काम भने कुनै तालिम विना नै मेहनतले सिकेका हुन् । रोल्पाको सदरमुकाममा रहेको एकमात्र डिजिटल फलेक्स प्रिन्टमा हरेक दिन सेवाग्राहीको घुँइचो नै लाग्ने गर्छ । विभिन्न बोर्डिङ, स्कुल, संघसंस्थाका कार्यक्रमहरुमा डिजिटल व्यानरको निकै माग भएकोले पनि यो व्यवसाय फस्टाउने गोविन्द पाण्डेको विश्वास छ ।
नेपालको आर्थिक अवस्था कमजोर रहेको र यहाँ रोजगारीको कुनै सम्भावना नरहेको भन्दै मुलुकका लाखौं युवाहरु खाडी मुलुक जान्छन् । अरुको देशमा सबै किसिमका काम गर्न अघि सर्ने युवा पुस्ताहरु आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावना भने कमै देखिन्छ । आँत र शाहस भएमा आफ्नै देशमा रोजगारी प्रशस्त रहेको गोविन्द पाण्डे बताउँछन् । उनी भन्छन् ‘मुख्य कुरा मेहनत हो, मेहनत गरेपछि आयआर्जनका बाटो यहीं पनि थुप्रै छन् ।’
पछिल्लो समय युवा पुस्ताहरु रोजगारीको खोजीमा दैनिक लाखौं विदेशीने क्रम चलिरहेका बेला स्वदेशमै बसेर पनि केही गर्न सकिन्छ भन्नका लागि गोविन्द एक उदाहरण हुन सक्छन् । अरुले भन्दा छुट्टै तर भविश्य राम्रो रहेको कुनै व्यवसाय आँत र मेहनतका साथ सञ्चालन गर्न सके अर्काको देशमा बगिरहेको पसिना देशमै खर्चिन सकिन्थ्यो कि ?

Post a Comment