जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

‘संघीयता आवश्यक हो तर सबथोक होइन’

0 comments

३, मंसिर रोल्पा ।
नेपालमा संघीयता आवश्यक भए पनि यही सबथोक नभएको नेकपा माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले बताउनुभएको छ । अखण्ड प्रदेशका सन्दर्भमा बोल्दै नेता बुढामगरले आन्दोलनको स्प्रिट सही भएको तर लक्ष्यबारे भने सोच्नुपर्ने टिप्पणी गर्नुभयो । ‘जति राम्रो काम गरे पनि नर्क जाने बाटो अन्ततः नर्क नै पुग्छ’ बुढामगरले भन्नुभयो ‘अहिलेको सम्पूर्ण संसदीय खेल गलत भएकोले यसका सबै गतिविधि गलतै हुन्छन् ।’ जातिय विभेदका कारण धेरै समुदाय पछाडि पारिएको तर्क गर्दै नेता बुढामगरले स्वायत्तताका आधारमा जातिय राज्य बनाउँदा कोही आत्तिनुपर्ने विषय नरहेको बताउनुभयो । त्यसका लागि भारतकै संघीयता उदाहरण रहेको बताउनुभयो । नेपालको एकजातिय हैकमलाई टोड्न पनि जातिय मुद्दा अनिवार्य रहेको उहाँको तर्क छ । माओवादी जनयुद्धकालमा मगरात मुख्य मन्त्री समेत बन्नुभएका सन्तोष बुढामगरले प्रश्न गर्नुभयो ‘मगर यो क्षेत्रका आदिवासी समुदाय हुन् कि होइनन् ? हुन् भने उनीहरुले आफ्नो थलो माग्ने कि नमाग्ने ? कि जातिय उत्पीडन नै छैन भन्नुप¥यो, छ भने सम्बोधन त गर्नुप¥यो नि ?’

संविधान र संसदीय व्यवस्थामा खोट रहेकैले त्यसबाट अपेक्षित सबै कार्य खोटयूक्त हुने उहाँले बताउनुभयो । विश्वमै फेल भएको संसदीय व्यवस्थालाई नेपालमा थोपरेर साम्राज्यवादीहरुले उपनिवेश बनाएको उहाँको तर्क छ । नेपालको असी प्रतिशत अर्थतन्त्र दलाल पुजिपतिहरुको हातमा भएको भन्दै एनजिओ आइएनजिओहरुले नेपालको उपकार होइन विखण्डन गरिरहेको बताउनुभयो । राष्ट्रियता र जनअधिकारको मुद्दा आफूहरुको प्राथमिकता रहेको भन्दै पूर्व सभासद समेत रहनुभएका बुढामगरले पहिले सीमा हस्तक्षेप हुन्थ्यो तर अहिले प्रणाली नै हस्तक्षेप भएको दावी गर्नुभयो । उहाँले अब हुने कुनै किसिमको निर्वाचनमा भाग नलिने समेत स्पष्ट पार्नुभयो ।

रिपोर्टस क्लव रोल्पाले लिबाङमा गरेको साक्षात्कार कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । शाखाका अध्यक्ष मानसिंह विकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लोकेन्द्र चन्दले गर्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger