जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

चौध मानवअधिकार हनन् र पच्चीस घरेलु हिंसा

0 comments

५ पौष, रोल्पा ।
इन्सेक रोल्पाले सन् २०१६ भरिमा चौधवटा मानवअधिकार हनन्का घटना भएको बताएको छ । मंगलबार लिबाङमा आयोजित नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७ को पूर्व समीक्षा कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक प्रतिनिधि माधवकुमार ओलीले इन्सेकको अभिलेखमा २५ वटा घरेलु हिंसाका घटनाहरु समेत अभिलेख भएको बताए । ओलीका अनुसार जिल्लामा सबैभन्दा बढी घरेलु हिंसा पच्चीसवटा, बोक्सी आरोप, बाल विवाह, शिशु हत्या, बालक हत्या, बलात्कार, पतिद्वारा हत्या दुईदुईवटा भएको बताए । त्यस्तै यौन दुव्र्यवहारको एक र नागरिकता नबनाइदिएको एकवटा रहेका छन् ।

धेरै घटना अभिलेखमा नआएको गुनासो
मानवअधिकार वर्ष पुस्तक पूर्वसमीक्षा कार्यक्रममा बोल्दै सांसद् अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार हनन्का घटना अझै सार्वजनिक हुन नसकेको बताए । ‘गाउँ–गाउँमा अहिले पनि राजनीतिक पद र शक्तिको आडमा अधिकांश मानवअधिकार उल्लंघनका घटनाहरु दबाइने गरेको छ’ सांसद पुनले भने ‘जिल्लामा मानवअधिकारका क्षेत्रमा क्रियाशील संघसंस्था र सञ्चारमाध्यमले त्यस्ता कुरालाई पनि बाहिर ल्याउनुपर्छ ।’ कतिपय घटनामा मानवअधिकारकर्मी नै पीडकको रुपमा संलग्न रहेको पुनले आरोप लगाए ।
जिल्ला न्यायाधिस कमलप्रसाद ज्ञवालीले अन्तर्राष्ट्रिय कानूनका आधारमा मानवअधिकार जन्मसिद्ध अधिकार भएकाले यसको सबैले पालना गर्नुपर्ने धारणा व्यक्त गरे । शक्तिमा रहेका व्यक्तिले अरुको अधिकारलाई ख्याल नगर्ने तर आफू शक्तिमा नभएको बेला आफ्नो अधिकार उल्लंघन भयो भन्ने प्रवृति रहेको भन्दै ज्ञवालीले शक्तिमा भएकाले यस्तो कुरामा बढि ख्याल गर्नुपर्ने बताए । दलका प्रमुखहरुले पनि गाउँमा हुने मानव अधिकारका घटनातर्फ सबैको ध्यान जानुपर्ने भन्दै गाउँको घटना नआएको गुनासो गरे ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger