जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

एक सय एक विद्यार्थीलाई छात्रवृत्ति

0 comments

मंसिर १, रोल्पा ।
टंकप्रसाद स्मृति प्रतिष्ठान काठमाडौंले रोल्पाका एक सय एक जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । बुधबार लिबाङमा आयोजित गरिव तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति सहयोग कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण कार्यक्रममा जिल्लास्थित विभिन्न विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । 

कक्षा १ देखि ५ सम्मकालाई २४ सय, ६ देखि ८ सम्मकालाई ३ हजार, ९ देखि १० कक्षाकालाई ४ हजार ८ सय र ११ देखि १२ कक्षाका विद्यार्थीहरुलाई ६ हजारका दरले छात्रवृत्ति वितरण गरिएको डिकोसका अध्यक्ष कर्ण बाँठामगरले बताउनुभयो । त्यस्तै टेक्निकल पढिरहेका ५ जनालाई पनि जनही रु. २०÷२० हजारका दरले छात्रवृत्ति वितरण गरिएको छ । 

अध्यक्ष बाँठामगरका अनुसार जम्मा एकसय एक जना विद्यार्थीहरुलाई ५ लाख ६ हजार ८ सय वितरण गरिएको छ । डा. अगष्टा मलिनरले दिएको ७ लाख ४२ हजार रकममध्ये बाँकी रकम विद्यार्थीहरु सदरमुकाम आउँदा जाँदाको खर्च तथा अनुगमनका क्रममा खर्चिने बाँठामगरले बताउनुभयो । २०६४ देखि वितरण गरिँदै आएको रकम ४ लाखबाट सुरुभई बृद्धि हुँदै गएको बताइएको छ । जिल्ला सरोकार समाज (डिकोस)को सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष एवम् नेपाल सरकारका पूर्व सचिव द्वारिका ढुंगेलले अमेरिकी व्यक्ति डा. अगष्टा मोलनरको सहयोगले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले रोल्पाको संस्कार संस्कृतिबाट प्रभावित भएर अमेरिकी नागरिकले प्रदान गरेको बताउनुभयो । त्यस्तै सांसद बैजनाथ चौधरीले नेपालीसँग संस्कार संस्कृतिको पर्याप्त सम्पत्ति रहेको र त्यसलाई सदुपयोग तथा प्रचारप्रसार गरेमा सहयोगको सम्भावना धेरै रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिपक ज्ञवाली, प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायतले बोल्नुभएको थियो ।

को हुन् डा. अगष्टा मलिनर ?
छात्रवृत्ति वितरण गर्न सहयोग गर्ने मलिनर अमेरिकी नागरिक हुन् । विद्यावारिधी गर्न नेपाल आएका उनी रोल्पा र विशेषतः थबाङमा २ वर्ष बसेर मगर संस्कार संस्कृतिका बारेमा सोध गरेका हुन् । उनले रोल्पाको मगर संस्कार संस्कृतिकै बारेमा अमेरिकामा विद्यावारिधी गरेका छन् । थबाङका विद्यार्थीहरुलाई लक्षित गरी उनले २०६४ सालदेखि निरन्तर सहयोग गर्दै आइरहेकी छन् । ४ लाखबाट सहयोग प्रारम्भ गरेकी उनले हाल ७ लाख ४२ हजार सहयोग गरेको टंकप्रसाद स्मृति प्रतिष्ठानले जनाएको छ । 

वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ युवाहरुमध्ये टंकप्रसाद आचार्य पनि एक थिए । उनी नेपालका १८ औं प्रधानमन्त्री समेत हुन् । उनकै स्मृतिमा क्रियाशील संस्थामार्फत् नै यो सहयोग रोल्पा पुगेको हो ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger