जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

सत्ता गठबन्धनले टाउको दुखेको औषधी खुट्टामा लगाउन खोज्योः राना

0 comments

मंसिर १, रोल्पा ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले अहिलेको सत्ता गठबन्धनले संविधान संशोधनको कुरा ल्याएर टाउको दुखेको औषधी खुट्टामा लगाउन खोजेको आरोप लगाएका छन् । झापा, मोरङ तथा कैलाली, कन्चनपूरको विषयमा केही असन्तुष्टि रहेको भएपनि त्यहाँ विषयलाई सम्बोधन गर्नुको साटो ५ नं. प्रदेश टुक्र्याउन खोजेको आरोप लगाए । ‘विवादै नभएको ठाउँमा संशोधन कसरी आयो ?’ नेता रानाले सत्तारुढ दलहरुलाई प्रश्न गरे । अंगीकृत नागरिकता, सीमा हेरफेर लगायतका कुरासहित संविधान संशोधनको प्रस्ताव संसदमा गए कांग्रेस माओवादीकै सांसदहरुले विरुद्ध भोट गर्ने ठोकुवा गरे ।

प्रेस चौतारी रोल्पाले रोल्पाको लिबाङमा गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । संविधान गतिशिल दस्तावेज भए पनि अहिले चर्चा भएका कुरा संशोधनका विषय नभएको र त्यसमा एमालेको शतप्रतिशत विरोध रहेको बताए ।

मधेसको नामबाट भारतलाई रिझाउने खेल
सांसद वैजनाथ चौधरीले अंगीकृत नागरिकता भनेको विदेशीलाई दिने नागरिकता भएको तर्क गर्दै यस्तो व्यवस्था कुनै देशमा नरहेको दावी गरे । अहिलेको चलखेल मधेसी नामबाट भारतलाई रिझाउने काम भइरहेको उनको आरोप छ । मधेसीहरुले नेपाल बहुराष्ट्रिय मुलुक भनेर अपव्याख्या गरेको भन्दै सांसद चौधरीले बहुधार्मिक, बहुजातिय, बहुभाषिक देश भएको तर्क गरे । ‘मधेस एउटा राष्ट्र हो भन्ने मधेसीहरुको बुझाई छ’ सांसद चौधरीले भने ‘यस्तो अपव्याख्यामा एमाले सहमत छैन ।’ 

उनले ५ नं. प्रदेश टुक्र्याउन तराइकै जनता तयार नभएको दावी गरे । त्यस्तै एमाले युवा नेतृ रचना खड्काले राज्यका सबै तहमा ४० प्रतिशत महिला सहभागीताका लागि नेकपा एमाले अगाडि बढेको बताए । जीवन डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दिलिप कुवरले गरेका थिए ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger