जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

बद्रीले रुवाएका दर्शकलाई प्रमोदले जुरुक्क उठाए

0 comments



चैत्र १६, रोल्पा ।
गायक बद्री पंगेनीले स्तब्ध बनाएको माहोल तत्काल अर्का गायक प्रमोद खरेलले जाराकजुरुक उठाउँदा रोल्पाको लिबाङ टुँडिखेल धुलाम्य भयो । दर्शकलाई टुँडिखेलको धुलोमा थचक्क बसेर आँखाभरि आँसु टिल्पिलाउँदै हेर्न बाध्य बनाए पंगेनीले । परदेशीएकाहरुको पीडालाई गीतमा उनेर आफूसमेत भावविह्वल प्रस्तुत भएका पंगेनीलाई रोल्पालीले मनग्य साथ दिए । त्यसोत नेता वर्षमान पुन अनन्तले पनि बद्रीलाई साथ दिइरहेका थिए ।

तर पंगेनीको गीतमा भावुक बनेका दर्शकहरु जब प्रमोद खरेल ‘ओई झुमा ... झुमा झुम्कावाली’ भन्दै स्टेजमा देखिए तब सुरु भयो ‘वान्स मोर’ । प्रमोदले गीत गाउँदा उनको भन्दा पनि ठूलो आवाजमा दर्शकहरु गाइरहेका थिए । यो रोल्पामा भएको बृहत सांस्कृतिक कार्यक्रमको कुरा हो । प्रमोदको गायकीमा नझुम्ने व्यक्ति टुडिखेलमा भेट्न मूस्किल थियो । उनले झुक्काली गीत दर्शककै मागअनुसार तीनपटक गाए । झुम्कावालीमा नेता अनन्तलाई समेत खरेलले तानेरै नचाए ।


नायिका झरना थापा पनि दर्शकका आकर्षण बने । गीत गाउँदै मञ्चमा देखिएका झरनालाई डाइलग बोल्न र नृत्य गर्न दर्शकले करै गरे । त्यस्तै देवी घर्तीको प्रस्तुतिले पनि दर्शकलाई नचायो । मेरीबास्सैका निर्मली, दाह्री बा, बल्छी ध्रुवे, राजु मास्टरलगायतका कलाकारहरुको जोशिलो प्रस्तुतिले पनि दर्शकको मन जित्यो ।

शंकर विसी, पार्वती राई लगायतका कलाकारहरुको प्रस्तुतिबाट मञ्च झनै तातियो । सबैभन्दा धेरै दर्शक उरालेका थिए गायक प्रमोदले । रमेश दुलाल कागे, कृष्ण रेउले लगायतका कलाकारहरुले लिबाङलाई छमछमी नचाउनुका साथै भरपूर मनोरञ्जन दिए ।

त्यस्तै सोमबार अर्थात् कार्यक्रमको अन्तिम दिन अलि कम उत्ताउलि देखिएकी ज्योति मगरले विभिन्न गीतहरुसहित अभिनय गरेर ‘रोल्पाली तन्नेरीहरु’लाई मख्ख बनाए । ज्योतिको प्रस्तुतिमा धुलो उडाउने दर्शकहरु पनि कम थिएनन् । अन्य कार्यक्रमहरुमा निकै उत्ताउलो ढंगबाट प्रस्तुत हुने ज्योति आफ्नै जिल्लामा भने त्यति अस्वभाविक लागेनन् । चर्चाअनुसार उनलाई आयोजकबाट उत्ताउली नहुन आग्रह थियो ।

एउटै खुट्टाले नाच्ने रोमा न्यौपाने, कृष्ण रेउले, रमेश दुलाल कागे, सम्झना मगर, डा. लोकराज पराजुली लगायतका थुप्रै कलाकारहरुले सोमबार पनि उसरी नै मनोरञ्जन दिए । कार्यक्रम समापन गर्न आत्तिएका आयोजकलाई दर्शकले ‘वान्स मोर ज्योति’ भन्दै चुनौती दिए । तर कृष्ण रेउले र ज्योति मगरको उत्ताउलो दोहोरीसँगै कार्यक्रम सकियो ।


गुरुङगाउँ सामुदायिक होमस्टे रोल्पाको प्रवद्र्धनका लागि आयोजित बृहत सांस्कृतिक कार्यक्रममा एकैपटक यतिधेरे कलाकार रोल्पामा देखिएको पहिलोपटक थियो । विभिन्न तनावका बीच पनि आयोजक गुरुङगाउँ सामुदायिक होमस्टेले कार्यक्रम भव्य भएको निश्कर्ष निकालेको होमस्टेका अध्यक्ष हरिजङ गुरुङले जानकारी दिए । त्यस्तै आफूहरुले सोचेभन्दा पनि राम्रो कार्यक्रम भएको र सबै सरोकारवाला निकायले साथ दिएको कार्यक्रम संयोजक एवम् गायक हरि डाँगीले बताए । पर्यटन तथा नागरिक उड्डन मन्त्री आनन्द प्रसाद पोखरेलद्वारा उद्घाटन गरिएको बृहत सांस्कृतिक कार्यक्रम ११ गतेदेखि १५ गतेसम्म पाँचदिनसम्म चल्यो ।

सामुदायिक होमस्टेका अध्यक्ष हरिजङ गुरुङले समापनका सन्दर्भमा सबैलाई धन्यवाद दिए । देवी गुरुङ र अमृत खातीले समग्र सांस्कृतिक कार्यक्रम आकर्षक ढंगले सञ्चालन गरेर दर्शकलाई मञ्चतिर केन्द्रीत गर्न सफल भएका थिए ।

तारा संगीत गृह काठमाडौं सहआयोजक रहेको कार्यक्रमको अवसरमा रमाइलो मेला समेत आयोजना गरियो । रमाइलो मेला अझै १७ गतेसम्म चल्ने बताइएको छ । कार्यक्रममा स्थानीय कलाकारहरुले समेत गीत, नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमबाट के कति आम्दानी या के भयो भन्ने बारेमा भने सार्वजनिक गरिएको छैन ।

मैत्रीपूर्ण फुटबलमा अनन्त भर्सेज बद्री पंगेनी

 
सांस्कृतिक कार्यक्रमकै अवसरमा रोल्पा पुगेका राष्ट्रिय कलाकार भर्सेज राजनीतिक दल, कर्मचारी बीचको खेल २ बराबरीमा टुंगियो । केही समयअघिदेखि बिरामीका कारण थलिएका एकीकृत नेकपा माओवादीका सचिव एवम् पूर्व अर्थमन्त्री वर्षमान पुनमगर अनन्त आफ्नै गाउँ माडीचौर खेलमैदानमा दल, कर्मचारीको नेतृत्व गर्दै मैदानमा उत्रिए । निकै जोश देखाइरहेका अनन्तको कप्तानी टिमलाई गायक बद्री पंगेनीको कलाकार टोलिले पहिलो गोल गरिदियो ।

खेलको ९० मिनेटसम्म मैदानमै रहेका अनन्तको गोल रोक्न गायक प्रमोद खरेल, मोडेल शंकर विसी, बद्री पंगेनी, नायिका झरना थापा निकै जोशमा खेले । अन्ततः अनन्त भर्सेज बद्री दुवै टोलि २ बराबरीमा रोकिए ।

















नोटः केही फोटो नायिका झरना थापाकै फेसबुकबाट साभार गरिएको हो ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger