जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

संविधानको चर्चा औपचारिकतामै सीमित

0 comments

पौष २० रोल्पा । नयाँ संविधान र यसका अन्तरवस्तुबारे नागरिकलाई जानकारी दिन देशव्यापी थालिएको ‘जनताको संविधान जनताकै माझमा’ अभियान रोल्पामा समापन भएको छ । जिल्लाभरिका विभिन्न सातठाउँ र सोमबार सदरमुकाम लिबाङमा गरिएपछि यो अभियान रोल्पामा सकिएको हो । संविधानको प्रचारका लागि नागरिकको घरदैलोमा पुग्ने उद्देश्यसहित थालिएको यो अभियान रोल्पामा भने औपचारिकतामै सीमित भएको छ । संविधानको विषयमा ग्रामीण भेगमा आयोजित कार्यक्रममा जनताको उत्साहपूर्ण उपस्थिति देखिएन । 

जिल्ला विकास समिति तथा राजनीतिक दलहरुले समेत यसलाई ‘झन्झट’को रुपमा बुझ्दै औपचारिकता निभाए । संविधानको बारेमा व्याख्या तथा त्यसमा उल्लेख मूलभूत प्रावधानका बारेमा बोल्नुको सट्टा नेता तथा सभासदलाई अरुको टिकाटिप्पणी र ‘विकास निर्माण मैले गरेँ’ भन्नमै ठिक्क भयो । जनतासम्म पुग्न नसकेका नेता तथा सभासदलाई राजनीति र विकास निर्माणका भासन लिएर जनतासम्म पुग्ने ‘मौका’मात्र बन्यो प्रचार अभियान । हटारोमै ठोस गरिएको कार्यतालिकाले कतिपय नेतालाई कार्यक्रम स्थलसम्म पुग्न समेत भ्याइनभ्याई भयो । आठ ठाउँमा गरिएको जिल्लाव्यापी कार्यक्रमबाट जनता कति स्पष्ट भए त्यसको लेखाजोखा अर्को पाटो भएपनि नेता तथा सभासदले संविधानको भन्दा आफ्ना ‘नीजि कुरा’ बर्ता गर्दा अभियानको सार्थकता भने नभएको धेरैको बुझाई छ ।

सोमबार सदरमुकाम लगायत आसपासका गाविसलाई लक्षित गर्दै कार्यक्रम गरियो । ११ बजे गर्ने भनिएपनि ढिलोगरी शुरु भएको कार्यक्रममा लिबाङवासीको उपस्थिति पनि पातलो रह्यो । जिल्लाको सातैठाउँ पुगेका सभासद अमर पुनले लिबाङमा पनि सभासदको शुन्यतालाई बचाए र प्रमुख आतिथ्यता ग्रहण गरे । कार्यक्रममा बोल्दै सभासद पुनले संविधानमा सबैले कहिँ न कहिँ आफूलाई देख्ने दावी गरे ।

कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य दीपेन्द्र पुन सिजलले संविधानमा सबैपक्ष नसमेटिएको भए पनि समेट्नलाई ढोका खुल्ला रहेकोले कोही आत्तिनुपर्ने विषय नरहेको बताए । एक अर्को प्रसँगमा बोल्दै सिजलले सरकारी कार्यालयका प्रमुखहरु लेखापालको आदेशमा चल्ने गरेको र भ्रष्टाचार निकै मौलाएकोले जतिबेला पनि जनता मोसो दल्न आउनसक्ने बताए । भ्रष्टाचार मौलाइरहेको कुरा बाहिर आए पनि प्रशासन चुप लागेकोप्रति इंगित गर्दै उनले अब जनता आफै तातो तावा बोकेर आउने उद्घोष गरे ।

स्थानीय विकास अधिकारी गेहेन्द्रबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, नेपाली कांग्रेस रोल्पाका सचिव झक्कुप्रसाद घर्ती, नेकपा एमालेका अध्यक्ष हरिप्रसाद घर्ती, एमाओवादीका अध्यक्ष सुरेन्द्र थापाघर्ती, राप्रपा नेपालका अध्यक्ष टीकाबहादुर वली, राष्ट्रिय जनमोर्चाका के.बी. थापा, नागरिक समाजका घनश्याम आचार्य, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष महेश न्यौपाने, गैरसरकारी संस्था महासंघका अध्यक्ष कर्ण बाँठामगर लगायतका वक्ताहरुले संविधानको चर्चा गरेका थिए ।

लिबाङ नगरपालिकाका कार्यकारी अधिकृत निमबहादुर केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन दामोदारप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा अधिवक्ता माधवप्रसाद आचार्यले संविधानको चर्चा गर्दै महिला राष्ट्रपति, सभामुख बन्नु नयाँ संविधानकै देन रहेको चर्चा गरे । ९८ प्रतिशत जनताबाट स्वीकृत संविधानले नेपालमा द्वन्द्व समाधान गरेको उनको दावी थियो ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger