जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

ल्होसारको अवसरमा रातोपाटीकर्मी सम्मानित

0 comments

१५ पौष, रोल्पा



गुरुङ समुदायको ठूलो पर्व ल्होसारको अवसरमा रोल्पामा रातोपाटीकर्मी सम्मानित भएका छन् । बुधबार रोल्पाको लिबाङ गुरुङगाउँमा आयोजित भव्य समारोहका बीच रातोपाटीका रोल्पा प्रतिनिधि नवीन लोचनमगर सम्मानित भएका हुन् । तमु ल्होसारको अवसरमा आयोजित उक्त कार्यक्रममा गुरुङ समुदाय तथा आदिवासी जनजातिका मुद्धाका विषयमा कलम चलाएको भन्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सम्मानपत्र तथा नगद प्रदान गरेका हुन् । त्यस्तै पत्रकार इश्वरी जीएमलाई पनि सम्मान गरिएको छ । हरेकवर्ष एक महिला तथा एक पुरुष पत्रकारलाई सम्मान गर्दै आएको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, जिल्ला शाखा रोल्पाले यो वर्ष पनि सोही कार्यलाई निरन्तरता दिएको परिषद्का अध्यक्ष हिरा घलेले बताइन् ।

कार्यक्रममा गुरुङ समुदायका सबैभन्दा बृद्ध रुद्र गुरुङ (खुमेल) र बृद्धा उजेली गुरुङ (बाहिगाउँ) लाई दोसल्ला ओढाएर सम्मान गरिएको छ भने गुरुङ समुदायकै एसएलसीमा जिल्ला प्रथम हुने छात्रा ब्राइट फ्यूचर मावि लिबाङका धनकुमारी गुरुङ र सूर्योदय मावि सुलिचौरका जितेन्द्र गुरुङलाई पनि आर्थिकसहित सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सामाजिक अभियानमा क्रियाशील विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।

भव्य समारोह तथा मेलाको अवसर पारी स्थानीय सलित युवा क्लबले पुरुष तथा महिला भलिबल, घैटाफोड लगायतका कार्यक्रमको आयोजना गरेको थियो । समापन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले गुरुङ समुदायको एकताको प्रशंसा गरे । जिल्लामा थोरै संख्यामा भएपनि क्रियाशीलताको हिसावले सबैभन्दा अगाडि रहेको शर्माले बताए ।

त्यस्तै आदिवासी जनजाति महासंघ समन्वय परिषद् रोल्पाका कार्यवाहक अध्यक्ष श्रीकुमारी रोकामगरले सबै जातजातिको एकताले नै समाज परिवर्तनमा सघाउ पुग्ने बताइन् । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रमेश थापा, कोष तथा लेखा नियन्त्रक शिवराम महत, नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णबहादुर घर्तीमगर लगायत विभिन्न व्यक्तिहरुले सम्वोधन गरेका थिए । गुरुङ राष्ट्रिय परिषद्, रोल्पाका अध्यक्ष हिरा घलेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव देवी गुरुङले गरेकी थिइन भने कोषाध्यक्ष पहलबहादुर गुरुङले सहभागी सबैलाई स्वागत गरेका थिए ।

त्यस्तै राप्ती साहित्य परिषद्, जिल्ला शाखा रोल्पाले मासिक रुपमा सञ्चालन गर्दै आएको स्रष्टा चौतारीको समेत सोही स्थानमा सम्पन्न गरिएको परिषद्का अध्यक्ष गोकर्ण पुनले जानकारी दिए । नेपाल मुक्तक प्रतिष्ठान रोल्पाको समन्वयमा भएको कार्यक्रममा डेढ दर्जन बढि साहित्यकारहरुले रचना वाचन गरेको प्रतिष्ठानका अध्यक्ष देवी गुरुङले जानकारी दिइन् ।
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger