जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

महिला नेतृत्व विकासका लागि प्रशिक्षण

0 comments

मंसिर ०१ रोल्पा ।
एमाले निकट अखिल नेपाल महिला संघ रोल्पाले दुइदिने प्रशिक्षण सञ्चालन गरेको छ । मंगलबार र बिहीबार आयोजित प्रशिक्षणमा स्थानीय तह निर्माणमा समावेशी अधिकारका कुरालाई मध्यनजर गर्दै प्रशिक्षण आयोजना गरिएको संघका जिल्ला अध्यक्ष इश्वरी घर्तीमगरले जानकारी दिइन् ।

जिल्लाका विभिन्न गाविसबाट सहभागी २ दर्जन बढि महिलाहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् युवा नेतृ रचना खड्का, सांसद बैजनाथ चौधरी, कुमार दशौदी, शान्तकुमार वली, रिमा नेपाली, चन्द्रकुमारी पुनलगायतले प्रशिक्षण दिएको आयोजकले जनाएको छ । स्थानीय तह  पुनःसंरचना  र  महिला सहभागिता, संगठन र नेतृत्व, जनताको बहुदलिय जनवाद, महिला  आन्दोलन र अनेमसंघको भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको अध्यक्ष घर्तीमगरले बताइन् ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger