जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

अपाङ्गको गुनासो

0 comments

पृथ्वी गोलो छ, सबै यहीं घुम्छन्
फुट्ट निस्केर अलि पारी पुगि
मलाई आजसम्म कसैले बोलाएको छैन
सपात ज्यान बोकेकाहरु पनि
हरेकदिन उही आकाश मूनी बस्छन्
धर्तीमै पैतला बजार्छन्
सबैले प्रकृतिको उपजलाई सहज स्वीकार्छन्
म पनि त त्यहीं छु ।
जहाँ मान्छेहरुको देह हुन्छ ।
मानवताको झिनो आशा अङ्कुराउँछ
तर हासिरहनेहरुले पनि
म रोएकै हेर्न चाहन्छन् ।
चिथोर्छन्, च्याट्छन्, फ्याँक्छन्
बाध्यतामा एकतमास म रुन्छु फेरि ।
दाई, के म कहिल्यै हाँस्न पाउँदैन ?

शाहसको सगरमाथा उचालेर
आकाश झैं फैलिन चाहन्छु
आगोले पोल्छ भनेर सिकाउन
मैले पनि त सक्छु होला ।
हावामा अक्षर लेखेर
मलाई पढ्न फर्मान जारी गर्छन्
भोगाई जस्तो भए पनि
जिन्दगी त उही होइन र ?
तर दाई, सुकिला र सपाट अनुहारहरुले
अनाथ, अपाङ्ग यस्तै विभिन्न उपमा दिएर
मानव अधिकारको जामा फाल्छन्
दाई के म नाङ्गो छु र ?

कलमका भारी बोकेकाहरुले
कैयौंपटक मूस्कुराउँदै चिथोर्छन्
त्यही कलमको सहाराले
मलाई कागजमा टाँसी–टाँसी
कहीं केही नराखी मुखभरि केर्छन्
एकहुल अक्षरका मलामी बोलाएर
चाङका चाङ हामी जस्ताको सपना थूपारी
शब्दहरुले घोंची घोंची आगो डल्छन्
म जल्छु, निर्बाद जलिरहन्छु
तर मेरा आफन्त भोज भतेरमा रम्छन्
कृपया मेरो आफन्तलाई सम्झाइदिनुस्
मलाई नजलाउन भन्दिनुस्
दाई, के म तपाईंहरु भन्दा क्रुर छु र ?
(सनस्टार साप्ताहिकमा प्रकाशित)
Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger