जिन्दगी । भाे कुरा नगमरम् । राैं ठाडा हुन्छन् सम्झिँदा पनि । कलिलै उमेरमा सिउँडीको ओछ्यानमा नाच्न सिकें । गर्व लाग्छ मलाई, जिन्दगीमा मृत्युको मूल्यमा कहिल्यै बार्गेनिङ गरिनँ । यो ‘लोचन’ले देखेका सप्पै कुराहरु छायाँ नै थिएनन् । जसको भ्रमले म तानिएको पनि होइन । मनमा भएका र तनले खेपेका अनगिन्ती सत्यताहरु चाहेर पनि भन्न सकिरहेको छैन । समय आउला, बताउँला । अहिले कलमसँग मेरो सामिप्यता छ । पेटकारिता पेशा अंगालेको छु । साहित्यको गोरेटो पनि जेनतेन हिँडिरहेको छु । अहिले समयले यही अह्राएको छ । पेशाकाे हिसावले भन्दा सनस्टार राष्ट्रिय साप्ताहिकमा सम्पादक र नयाँपत्रिका दैनिकमा काम गरिरहेको छु ।

विप्लव माओवादीले थबाङमा एक करोडको भवन बनाउँदै

0 comments

रोल्पा । नेकपा माओवादीले रोल्पाको थबाङमा एक करोड बराबरको लागतमा सहिद स्मृति भवन निर्माण थालेको छ । औपचारिक उद्घाटनसहित थालेको निर्माण कार्यमा देशभरबाट नेता कार्यकर्ताले श्रमदान गर्ने नेकपा माओवादीका स्थायी समिति सदस्य एवम् जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले बताए । 

उक्त भवन निर्माणका लागि देशभरका दुईहजार बढि नेता कार्यकर्ताले जनश्रमदान गर्ने योजना रहेको बताइएको छ । सिमेन्टेड भवनको छानो भने जस्तापाटाको हुनेछ । भवन निर्माणपछि दिर्घकालीन हिसावले समेत थबाङबासीका लागि पनि उपयोगी हुने गरी बनाउन थालिएको नेता बुढामगरले बताए । 

विप्लव माओवादी निकट जनगणतान्त्रिक इन्जिनियरिङ संघका अध्यक्ष सुरेश कुमार चौधरीले सर्भे गरेको उक्त भवन करिव दुईमहिनापछि निर्माण सम्पन्न हुने बताइएको छ । ध्वंस र निर्माणको द्वन्द्वात्मक सम्बन्धलाई दृष्टिगत गरी निर्माण थालिएको भवनले दिर्घकालीन प्रयोजनमा समेत राहत पुग्ने नेता बुढामगरको भनाई छ ।

भवनको प्रयोजन
विप्लव माओवादीले फागुन १ गते काठमाडौं खुलामञ्चमा पार्टीको आठौं महाधिवेशनको उद्घाटन गरी थबाङमा बन्दशत्र गर्न हल निर्माण गर्न थालिएको भवन निर्माण समिति संयोजक समेत रहेका बुढामगरले बताए । नेकपा माओवादीले अहिलेको बदलिँदो मुलुकको दुर्दशालाई काठमाडौंबाट खबरदारी गर्ने र जनयुद्धको केन्द्र थबाङमा पुगेर कार्यनीति तय गर्ने बताएको छ । निर्माणाधिन भवनमा माओवादी नेता कार्यकर्ताहरुले छलफल, बहस गर्नेछन् । एक करोड बराबरको भवन निर्माणमा धेरैभन्दा धेरै नेता कार्यकता परिचालन गर्ने भनिए पनि आवश्यक रकमको स्रोत भने खुलाइएको छैन ।

हरेक आन्दोलन उत्पादनसँग नजोडिएर अगाडि बढ्न असम्भव रहेको तर्क गर्दै नेता सन्तोष बुढामगरले निर्माणका त्यस्ता उदाहरणहरुले माओवादी प्रतिको नकारात्मक भ्रम र एकीकृत जनक्रान्तिको सिद्धान्तलाई पनि थप स्पष्ट पार्ने बताए । सबैखाले अवसरवादीसँगको सम्बन्ध बिच्छेदपछि नयाँ क्रान्तिकारी माओवादी पार्टीले थबाङमा गर्न थालेको महाधिवेशनको बन्दशत्रले विश्वभरका क्रान्तिकारीहरुमा उमंग छाएको नेता बुढामगरले दावी गरे ।

Share this article :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nabin Lochan Magar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template | More Trick | IVY Themes
Proudly powered by Blogger